+
+
Shares

रास्वपाले टुंग्याउन थाल्यो मन्त्री, अर्थमा स्वर्णिम, परराष्ट्रमा शिशिर

अर्थ मन्त्रीमा डा. स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्रीमा शिशिर खनालको नाम निश्चित भएको स्रोतले जनाएको छ । यसैगरी कानुन मन्त्रीमा सोविता गौतमको नाम निश्चित भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १३ गते ९:४०

१३ चैत, काठमाडौं । रास्वपाले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारमा बन्ने मन्त्रीहरुको नाम टुंगो लगाउन थालेको छ ।

अर्थ मन्त्रीमा डा. स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्रीमा शिशिर खनालको नाम निश्चित भएको स्रोतले जनाएको छ ।

यसैगरी कानुन मन्त्रीमा सोविता गौतमको नाम निश्चित भएको छ ।

रास्वपाका एक शीर्ष नेताले अनलाइनखबरसँग भने, ‘स्वर्णिम, शिशिर र सोविताको मन्त्रालय पनि फाइनल भइसकेको छ । अरुको पनि लगभग टुंगिसकेको छ ।’

सम्भावित मन्त्रीको सूचीमा सुदन गुरुङ, बिराजभक्त श्रेष्ठ, सस्मित पोखरेल, गनेश पौडेल, विक्रम तिमल्सिना, निशा मेहता, गीता चौधरी, सीता बादी लगायत पनि छन् । यद्यपि यसको औपचारिक रुपमा पुष्टि हुन सकेको छैन ।

मन्त्री बन्नेहरुलाई सभापति रवि लामिछाने, बालेन र उनको सचिवालयका सदस्यले फोन गरेर र एसएमएस पठाएर जानकारी दिइसकेको स्रोतले बतायो ।

आज दिउँसो साढे १२ बजे बालेनले प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दैछन् । उनीपछि मन्त्रीहरुको पनि शपथ ग्रहण हुने छ ।

सभामुखमा डीपी अर्यालको नाम टुंगो लागेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?