+
+
Shares

बालेनले लिए प्रधानमन्त्री पदको शपथ

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १३ गते १२:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा संसदीय दलका नेता बालेन्द्र शाहलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका छन् ।
  • बालेन्द्र शाहले प्रधानमन्त्री पदसँगै रक्षा र उद्योग मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका छन्।
  • मन्त्रिपरिषदमा स्वर्णिम वाग्ले अर्थमन्त्री, सुधन गुरुङ गृह मन्त्री, शिशिर खनाल परराष्ट्र मन्त्री बनेका छन्।

काठमाडौं । रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् ।

यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो । मधेशी समुदायका व्यक्ति नेपालको प्रधानमन्त्री बनेको पनि यो पहिलोपटक हो ।

काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर  फागुन २१ को चुनावमा भाग लिएका शाह पहिलोपटक संसद् छिर्नेबित्तिकै प्रधानमन्त्री बनेका हुन् । झापा क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झण्डै ५० हजार मतान्तरले हराउँदै उनी प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।

को को बने मन्त्री ?

प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय पनि सम्हालेका छन् ।

मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्लेले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् ।

तेस्रो वरियतामा रहेका सुधन गुरुङले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

शिशिर खनालले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

सुनिल लम्सालले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयकाे जिम्मा पाएका छन् ।

विराजभक्त श्रेष्ठले ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको नेतृत्व पाएका छन् ।

खड्कराज पौडेल (गनेश) ले पर्यटनमन्त्रीको जिम्मेवारी पाएका छन् ।

सस्मित पोखरेललाई शिक्षा विज्ञान, तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी छन् ।

विक्रम तिमिल्सिना सञ्चारमन्त्री बनेका छन् ।

प्रतिभा रावलले सामान्य प्रशासन मन्त्रीको, दीपक साह (महोत्तरी)ले श्रम रोजगार मन्त्रीको र सोविता गौतमले कानुन मन्त्रीको जिम्मेवारी पाएका छन् ।

गीता चौधरी कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री र सीता वादी महिला, बालबालिका मन्त्री बनेका छन् ।

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?