+
+
Shares

गृहमन्त्री सुधनको पहिलो निर्णय- एकद्वार प्रणालीबाट काम गर्ने

साथै, उनले आफ्नो कार्यकालको पहिलो निर्णयबारे पनि जानकारी गराएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १३ गते १४:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् र सबै कामहरू एकद्वार प्रणालीबाट अघि बढाउने निर्णय लिएका छन्।
  • उनले भीआईपी लावालस्कर लगाएर जनतालाई दु:ख दिने काम गर्न नहुने बताए र सुशासनविरुद्धका कुनै काम हुन नदिने प्रतिबद्धता जनाए।
  • गृहमन्त्री गुरुङले सर्भिस डेलिभरीमा गुनासा नआउन कर्मचारीहरूलाई आग्रह गरेका छन् र आफू कम बोल्ने तर एक्सनमा जाने व्यक्ति भएको बताए।

१३ चैत, काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा शपथ ग्रहण समारोह सकिएसँगै सिंहदरबार पुगेर मन्त्री गुरुङले पदभार ग्रहण गरेका हुन् ।

साथै, उनले आफ्नो कार्यकालको पहिलो निर्णयबारे पनि जानकारी गराएका छन् । उनले सबै कामहरू एकद्वार प्रणालीबाट अघि बढाउने निर्णय लिएका छन् ।

सो क्रममा उनले भीआईपी लावालस्कर लगाएर जनतालाई दु:ख दिने काम गर्न नहुने बताए ।

‘कम बोल्ने मान्छे हुँ । एक्सनमा जान्छु । जेनजीको माग अनुसार हामी आएको हो । सुशासनविरुद्धका कुनै काम हुन सक्दैन,’ पदभार ग्रहण कार्यक्रममा बोल्दै उनले भने ।

सर्भिस डेलिभरीका विषयमा गुनासा आउन नदिन उनले कर्मचारीहरूलाई आग्रह गरे ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?