+
+
Shares

कानुनमन्त्री गौतमको पहिलो निर्णय : बलात्कार र यौनजन्य हिंसासम्बन्धी कानुन संशोधन गर्ने

पदभार सम्हाल्दै उनले जबरजस्ती करणी र जबरजस्ती करणीपछि हुने हत्या, यौनजन्य हिंसालगायत कसुरका दोषीलाई दण्ड सजाय तथा पीडितलाई न्यायका लागि कानुनका अवरोध संशोधन गर्ने निर्णय गरेकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १३ गते १५:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पदभार सम्हालेकी छन्।
  • उनले जबरजस्ती करणी, हत्या र यौनजन्य हिंसाका दोषीलाई दण्ड र पीडितलाई न्यायका लागि कानुन संशोधन गर्ने निर्णय गरेकी छन्।
  • उनले अध्ययन कार्यदल गठन गरी अपराध संहिता लगायतका कानूनमा अवरोध पहिचान गरी संशोधन कार्य अघि बढाउने बताउनुभयो।

१३ चैत, काठमाडौं । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पदभार सम्हालेकी छन् । पदभार सम्हाल्दै उनले जबरजस्ती करणी र जबरजस्ती करणीपछि हुने हत्या, यौनजन्य हिंसालगायत कसुरका दोषीलाई दण्ड सजाय तथा पीडितलाई न्यायका लागि कानुनका अवरोध संशोधन गर्ने निर्णय गरेकी छन् ।

उनले आफ्नो पहिलो निर्णयमा भनेकी छन्, ‘…जबरजस्ती करणी र जबरजस्ती करणी पश्चात् हुने हत्या जस्तो जघन्य कसूर, यौनजन्य हिंसा, बालबालिका सम्बन्धी कसूरमा संलग्न कसुरदारलाई दण्ड, सजाय र पीडितलाई शीघ्र न्यायको लागि अपराध संहिता लगायतका कानूनहरूमा देखिएका अवरोध पहिचान गरी अध्ययन गर्न पेस भएबमोजिम अध्ययन कार्यदल गठन गरी अध्ययन गराउने र सम्बद्ध कानून‌मा संशोधन कार्य अघि बढाउन मनासिव देखी पेस गर्दछु ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?