१३ चैत, काठमाडौं । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले पनि आफ्ना मातहतका कर्मचारीहरूलाई अलर्ट अवस्थामा रहन निर्देशन दिएको छ ।
शुक्रबार साँझ एक सर्कुलर जारी गर्दै उपत्यका प्रहरी कार्यालय रानीपोखरीले भोलि (शनिबार) आफ्ना कर्मचारीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।
यसअघि नेपाल प्रहरीको प्रधान कार्यालय, सशस्त्र प्रहरीको प्रधान कार्यालयले पनि कर्मचारीहरूलाई बर्दीसहित तयारी अवस्थामा बस्न सर्कुलर पठाइसकेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत प्रहरीहरूलाई बिहान ७ बजेबाटै बर्दीमा स्ट्यान्डबाई बस्न सर्कुलर भएको हो ।
उनीहरू सबैलाई चुस्ता पोसाक (बर्दी) मा बस्न सर्कुलर जारी भएको स्रोतले जनाएको छ ।
यसअघि आजै साँझ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले प्रहरी महानिरीक्षक दान बहादुर कार्कीसँग डेढ घण्टा छलफल गरेका थिए।
उक्त छलफलमा सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल पनि सहभागी थिए ।
सरकारले आजै मात्रै जेनजी आन्दोलनको दमनबारे बनेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया 4