१४ चैत, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका सन्दर्भमा चालेको कदमबाट द्वन्द्व सिर्जना हुने कार्य हुन नहुने बताएको छ ।
केन्द्रीय कार्यालयका तर्फबाट विज्ञप्ति निकालेर नेकपाले यस्तो बताएको हो ।
सरकारले मन्त्रिपरिषदको पहिलो बैठकबाट गत भदौ २३ र २४ गतेको घटनाको छानविन गर्न गठित कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । शुक्रबार मन्त्रिपरिषद्को बैठकबाट यस्तो निर्णय भएको हो । शनिबार बिहानै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।
‘यस सन्दर्भमा हाम्रो पार्टी कुनै पनि कदम चाल्दा सरकारले विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मान्यता उलंघन नगरोस् र राजनीतिक पूर्वाग्रह राख्ने तथा द्वन्द्व सिर्जना हुने कार्य नहोस् भन्ने आग्रह गर्दछ’ नेकपाको बिज्ञप्तिमा उल्लेख छ ।
साथै नेकपाले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट बहुमत प्राप्त दल राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह प्रधानमन्त्री भएकोमा बधाई दिँदै शुभकामना व्यक्त गरेको छ ।
प्रतिक्रिया 4