+
+
Shares

पूर्वमन्त्री दीपक खड्का पक्राउको यस्तो छ कारण

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १५ गते १०:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री सुधन गुरुङले पूर्व ऊर्जा मन्त्री दीपक खड्का निवासबाट बरामद रकमको अनुसन्धानका लागि पक्राउ परेको जानकारी दिनुभयो।
  • पूर्व ऊर्जा मन्त्री दीपक खड्का २४ भदौको आन्दोलनका क्रममा बरामद रकमको अनुसन्धानका लागि १५ चैतमा नियन्त्रणमा लिइएका छन्।
  • सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्काको घरबाट जलेका नोट र खरानी संकलन गरी अनुसन्धान गरिरहेको छ।

१५ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले निवासबाट बरामद भएको रकमको अनुसन्धानका लागि दीपक खड्का पक्राउ परेको बताएका छन् ।

पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्का आइतबार बिहान पक्राउ परेका हुन् । यसबारे सामाजिक सञ्जालमार्फत गृहमन्त्री गुरुङले पक्राउको कारणबारे जानकारी दिएका हुन् ।

‘पूर्वऊर्जामन्त्री दीपक खड्कालाई गत २४ भदौको आन्दोलनका क्रममा निजको निवासबाट बरामद भएको रकमको अनुसन्धानका सिलसिलामा आज नियन्त्रणमा लिइएको छ ।’

जेनजी आन्दोलनका क्रममा खड्काको घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए । आगजनीपछि उनको घरमा नेपाली र विदेशी नोट जलेको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थियो । कतिपय सग्ला नोट प्रदर्शनकारीले लगेका तस्बिर र भिडियो पनि सार्वजनिक भएका थियो ।

खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । विभागले यसअघि नै खड्काको घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी संकलन समेत गरेको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?