News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई थुनामा राख्न म्याद थपको निवेदनमाथि जिल्ला अदालत काठमाडौंमा बहस सकिएको छ।
- सरकारी वकिलले उनीहरूलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन माग गरेका थिए भने अदालतले केहीबेरमा निर्णय सुनाउने जनाएको छ।
- ओली र लेखकलाई जेनजी आन्दोलनको दमनबारे आयोगले फौजदारी मुद्दामा कारबाही सिफारिस गरेपछि पक्राउ गरिएको हो।
१५ चैत, काठमँडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामा राख्न म्याद थपको निवेदनमाथि बहस सकिएको छ ।
आज आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासमा म्याद थपबारेको बहस सकिएको हो ।
उनीहरूलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन सरकारी वकिलले माग गरेको थियो । त्यसपछि बहस सुरु भएको थियो ।
गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन भएको थियो ।
जेनजी आन्दोलनको बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री थिए भने कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए ।
उक्त आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगले ओली–लेखकलाई फौजदारी मुद्दामा कारबाही अघि बढाउन सिफारिस गरेको थियो ।
उक्त सिफारिसका आधारमा जरुरी पक्राउ पुर्जी जारी गरेर हिजो (शनिबार) बिहान ओली–लेखकलाई पक्राउ गरिएको थियो ।
आज अदालतमा लेखक आफैँ उपस्थित भएका थिए भने ओली भने बिरामी भएका कारण त्रिवि शिक्षण अस्पतालमार्फत भर्चुअल उपस्थित भएका थिए ।
केहीबेरमा म्याद थपको निवेदनमाथि इजलासले निर्णय सुनाउने अदालतले जनाएको छ ।
प्रतिक्रिया 4