+
+
Shares

प्रधानमन्त्री समक्ष सुहाङ– इलामको कृषि र पर्यटनलाई ध्यान दिए देशकै अर्थतन्त्रमा सहयोग पुग्छ

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १६ गते १४:५०

१६ चैत, काठमाडौं । इलाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले इलामको कृषि र पर्यटनको सम्भावनाबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समक्ष ब्रिफिङ गरेका छन् ।

सोमबार प्रधानमन्त्री शाहले कोशी प्रदेशका सबै सांसदहरूलाई बोलाएर आ–आफ्ना क्षेत्रको समस्या र समाधानका उपायबारे छलफल गरेका थिए ।

सो क्रममा नेम्वाङले इलामको कृषि र पर्यटनलाई ध्यान दिन सकेको खण्डमा देशकै अर्थतन्त्रमा सकारात्मक भूमिका खेल्न सकिने बताए ।

‘इलामको कृषि र पर्यटनलाई ध्यान दिन सकियो भने देशकै अर्थतन्त्रमा सकारात्मक भूमिका खेल्न सकिन्छ,’ प्रधानमन्त्रीसमक्ष नेम्वाङले भनेका छन्, ‘बीउदेखि बजारसम्म सरकारले अभिभावकीय भूमिका निर्वाह गर्न जरुरी छ ।’

साथै, उनले पूर्वाधार विकास, विपद् व्यवस्थापन, शिक्षा, प्रविधि लगायतका समस्याबारे पनि प्रधानमन्त्रीलाई ब्रिफिङ गरे ।

सांसद नेम्वाङका अनुसार, दमक–चिसापानी सडकखण्डको ठेक्का विवादबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएका छन् । अदालतबाट मेलमिलापका लागि पठाएको जानकारी गराउँदै तुरुन्तै ठेक्का प्रक्रिया अघि बढाउन आवश्यक भएको उनले प्रधानमन्त्री शाहलाई जानकारी गराए । बेलासे सडकखण्डको अवस्थाबारे पनि उनले जानकारी गराएका छन् ।

यसअघि विपद्को बेलामा संकटग्रस्त क्षेत्र घोषणा भएको स्मरण गराउँदै सांसद नेम्वाङले हालको अवस्थाबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका हुन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?