+
+
Shares

भारतले थप १५ दिन दियो चौबिसै घण्टा विद्युत् निर्यात अनुमति

१५ दिनपछि १६ घण्टा दिने

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १६ गते १८:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अप्रिल १ देखि १५ सम्म चौबिसै घण्टा ६०० मेगावाट विद्युत् निर्यात गर्न अनुमति दिएको छ।
  • अप्रिल १६ देखि ३० सम्म भारतले बिहान २ बजेदेखि बेलुका ६ बजेसम्म मात्र विद्युत् निर्यात गर्ने व्यवस्था लागु हुने भएको छ।
  • नेपालले हिउँदमा आन्तरिक माग धान्न भारतबाट बर्सेनि विद्युत् आयात गर्दै आएको छ र अप्रिलसम्म चौबिसै घण्टा विद्युत् पाउनेछ।

१६ चैत, काठमाडौं । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले थप १५ दिनका लागि चौबिसै घण्टा नेपालमा विद्युत निर्यात गर्न अनुमति दिएको छ । यसअघि मार्च ३१ सम्म चौबिसै घण्टा ६०० मेगावाट विद्युत निर्यातको अनुमति दिएको प्राधिकरणले अब थप १ अप्रिलदेखि १५ सम्म चौबिसै घण्टा निर्यातको अनुमति दिएको हो ।

त्यसपछि लागु रहेको व्यवस्था परिमार्जन गर्दै अप्रिल १६ देखि ३० सम्मका दैनिक १६ घण्टा विद्युत् निर्यात अनुमति दिने भएको हो । यस अवधिमा बिहान २ बजेदेखि बेलुका ६ बजेसम्म मात्रै भारतले नेपाललाई विद्युत् निर्यात गर्नेछ भने बेलुका ६ बजेदेखि बिहान २ बजेसम्म बन्द रहनेछ । त्यसपछि १ जुलाईदेखि ३१ अगस्टसम्म चौबिसै घण्टा ६०० मेगावाट विद्युत दिनेछ ।

१ मे देखि ३० जुनसम्म समेत दैनिक १६ घण्टा नै विद्युत दिनेछ । तर सो अवधिमा बिहान ४ बजेदेखि बेलुका ८ बजेसम्म विद्युत् दिनेछ । बेलुका ८ बजेदेखि बिहान ४ बजेसम्म भने बन्द रहनेछ ।

भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय पावर एक्स्चेन्जमार्फत मुजफ्फरपुर–ढल्केबर ४०० केभी प्रसारण लाइनबाट ६०० मेगावाटसम्म विद्युत् निर्यातका लागि अनुमति दिएको हो ।

यसअघि अप्रिलपछि आपूर्ति सम्बन्धी निर्णय मार्चमै पुनरावलोकन गरिने उल्लेख थियो । सोही अनुसार अब आंशिक रूपमा समय घटाउँदै आपूर्ति तालिका सार्वजनिक गरिएको हो ।

हिउँदमा खोला तथा नदीमा पानीको बहाव घटेर बिजुली उत्पादन कम हुने भएकाले आन्तरिक माग धान्न नेपालले बर्सेनि भारतबाट विद्युत् आयात गर्दै आएको छ ।

यति बिजुली आउँदा अप्रिलसम्म चौबीसै घण्टा आउने तथा त्यसपछि १६ घण्टा आयात गर्न पाउँदा नेपालको माग पूरा गर्न सकिने विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले बताए ।

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?