+
+
Shares

ओली पक्राउको विरोधमा सिरहामा मसाल जुलुस

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १६ गते १९:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा सिरहाको गोलबजारमा मसाल जुलुसका क्रममा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको छ।
  • प्रदर्शनकारीले बोकेको मसाल प्रहरीले खोसेपछि आक्रोशित प्रदर्शनकारीले \'प्रहरी दमन बन्द गर, गृहमन्त्री मुर्दावाद\' लगायतका नारा लगाएका थिए।
  • इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुदन केसीले केहीबेर तनाव भए पनि थप बल प्रयोग नगरी स्थिति नियन्त्रणमा आएको जानकारी दिए।

१६ चैत, सिरहा । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउको विरोधमा सिरहाको गोलबजारमा नेकपा एमालेका कार्यकर्ताहरूले मसाल जुलुस निकालेका छन् ।

एमाले अध्यक्ष ओलीको रिहाइको माग राखेर गरिएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको छ।

प्रदर्शनकारीले बोकेको मसाल प्रहरीले नियन्त्रणमा लिन खोजेपछि स्थिति एकाएक तनावग्रस्त बनेको थियो । प्रदर्शनकारीले विरोध जनाउँदै नाराबाजी जारी राखेपछि प्रहरीसँग धकेलाधकेल भएको हो ।

प्रहरीले मसाल खोसेपछि आक्रोशित प्रदर्शनकारीले “प्रहरी दमन बन्द गर, गृहमन्त्री मुर्दावाद,गृहमन्त्री राजीनामा दे, बालेन सरकार मुर्दावाद लगायतका नारा लगाएका थिए ।

प्रहरीले जुलुसलाई आधा बाटोमै रोक्दै मसाल खोस्न प्रयास गरेपछि दुवै पक्षबीच सामान्य झडप भएको हो । केहीबेरसम्म तनावपूर्ण अवस्था रहे पनि थप बल प्रयोग नगरी स्थिति नियन्त्रणमा ल्याइएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुदन केसीले जानकारी दिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?