फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमाले संसदीय दलको बैठक च्यासलमा जारी छ जसले प्रतिनिधिसभा पार्टी संसदीय दलका नेता र प्रमुख सचेतक चयन गर्नेछ।
- संघीय संसद् बैठक १९ चैत दिउँसो २ बजेका लागि आह्वान गरिएको छ र एमालेले अघिल्लो दिन दलको नेता चयन गर्ने तयारी गरेको छ।
- बैठकमा संसद्मा पार्टीले खेल्ने भूमिका र अध्यक्ष ओलीको पक्राउ विरुद्ध राजनीतिक तथा कानुनी प्रतिवादका एजेन्डा तय गरिनेछ।
१८ चैत, काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक जारी छ ।
राष्ट्रिय सभाका सांसदहरूसहित पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकले प्रतिनिधिसभा पार्टी संसदीय दलका नेता, प्रमुख सचेतक लगायत चयन गर्ने एमालेले जनाएको छ ।
संघीय संसद् बैठक १९ चैत बिहीबार दिउँसो २ बजेका लागि आह्वान गरिएको छ । एमालेले सोही बैठकको अघिल्लो दिन पार्टी संसदीय दलको नेता चयन गर्न लागेको हो ।
त्यसैगरी बैठकमा संसद्मा पार्टीले खेल्ने भूमिकाको विषयमा पनि छलफल हुनेछ ।
एमालेले पार्टी अध्यक्ष ओलीको पक्राउ विरुद्ध राजनीतिक र कानुनी रूपमा नै प्रतिवाद गर्ने घोषणा गरिसकेको छ । त्यसका लागि सडक र सदन दुवैलाई तताउने एजेन्डा सो बैठकले गर्ने बताइएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4