+
+
Shares

कांग्रेस संस्थापन इतर समूहको बैठक आज पनि सुरु

आजको बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे पनि सहभागी छन् । उनी हिजोको बैठकमा सहभागी थिएनन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १८ गते १४:०५

१८ चैत, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक सुरु भएको छ । हिजोबाट सुरु भएको बैठक आज पुन: बस्नेगरी स्थगित भएको थियो ।

पार्टीभित्र विवाद बढिरहँदा पूर्णबहादुर खड्का–शेखर कोइराला समूहले छुट्टै छलफल थालेको हो ।

काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट होटलमा बसेको बैठकमा १४औं केन्द्रीय कार्यसमितिमा रहेका यो समूहमा भएकाहरू सहभागी छन् ।

आजको बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे पनि सहभागी छन् । उनी हिजोको बैठकमा सहभागी थिएनन् ।

हिजोको बैठकमा ८४ जना नेताहरू सहभागी भएका थिए । नेताहरूका अनुसार बैठकमा सहभगी हुनका लागि ११४ जनालाई खबर गरिएको थियो ।

आजको बैठकमा सरिता प्रसाईं, गोविन्दबहादुर शाह, गोमा भट्टराई पनि सहभागी छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?