News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमाले संसदीय दलको नेतामा समानुपातिक सांसद रामबहादुर थापा बादल निर्विरोध चयन भएका छन्।
- पूर्वसांसद वासुदेव घिमिरेले पार्टी नसुध्रिने बरु विलाएर जाने टिप्पणी गरेका छन्।
- घिमिरेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संसद् विघटन विरोधमा विज्ञप्ति निकालेर विरोध जनाएका थिए।
१८ चैत, बुटवल । नेकपा एमालेका नेता वासुदेव घिमिरेले पार्टी नसुध्रिने बरु विलाएर जाने टिप्पणी गरेका छन् ।
एमाले संसदीय दलको नेतामा समानुपातिक सांसद रामबहादुर थापा बादल निर्विरोध चयन भएकोतर्फ लक्षित गर्दै पूर्वसांसद समेत रहेका घिमिरेले यस्तो टिप्पणी गरेका हुन् ।
संसदीय दलको नेतामा सुहाङ नेम्वाङले पनि दाबी गरेका थिए । तर उनले प्रस्तावक र समर्थक समेत पाएनन् । अन्ततः थापा दलको नेतामा निर्विरोध निर्वाचित भए ।
यसअघि प्रत्यक्षतर्फ चुनाव जितेका सांसद संसदीय दलको नेता हुने गर्थ्यो । तर यसपटक समानुपातिक सांसद थापालाई दल नेता चयन गरेपछि पार्टीभित्र र बाहिर आलोचना सुरु भएको छ ।
नेता घिमिरेले तिलोत्तमा नगर प्रमुख हुँदा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको संसद् विघटनको विरोधमा नगरपालिका लेटरप्याडमै विज्ञप्ति निकालेर विरोध जनाएका थिए ।
गत २३ र २४ भदौको जेनजी आन्दोलनमा सरकारको भूमिकामाथि पनि उनले प्रश्न उठाएका थिए भने पार्टी महाधिवेशनमा ईश्वर पोखरेल पक्षमा उभिएका थिए ।
प्रतिक्रिया 4