+
+
Shares

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

रासस रासस
२०८२ चैत १९ गते ८:१२

१९ चैत, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३२, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो ४०, आलु रातो प्रतिकिलो २०, आलु रातो (भारतीय) प्रतिकिलो २३ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३६ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो ३०, गाजर (तराई) प्रतिकिलो २५, बन्दा (लोकल) प्रतिकिलो ३०, बन्दा (नरिबल) प्रतिकिलो २०, काउली स्थानीय प्रतिकिलो ६०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो ८०, काउली तराई प्रतिकिलो ५०, सेतो मूला (लोकल) प्रतिकिलो २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३०, भन्टा लाम्चो प्रतिकिलो ६० र भन्टा डल्लो प्रतिकिलो ८० कायम भएको छ ।

त्यसैगरी, बोडी (तने) प्रतिकिलो १३०, मटरकोसा प्रतिकिलो ७०, घिउ सिमी (लोकल) प्रतिकिलो ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ६०, घिउ सिमी (राजमा) प्रतिकिलो १२०, टाटे सिमी प्रतिकिलो ९०, तिते करेला प्रतिकिलो १५०, लौका प्रतिकिलो ८०, परवर (तराई) प्रतिकिलो १०० रुपैयाँ रहेको छ ।

घिरौँला प्रतिकिलो १००, फर्सी पाकेको प्रतिकिलो ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४०, भिन्डी प्रतिकिलो १२०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो ६०, पिँडालु प्रतिकिलो ६० र स्कुस प्रतिकिलो ४५ कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो ५०, पालुङ्गो प्रतिकेजी ७०, चमसुर प्रतिकिलो ९०, तोरीसाग प्रतिकिलो ५०, मेथी प्रतिकिलो ९०, हरियो प्याज प्रतिकिलो ८०, बकुला प्रतिकिलो ६०, तरुल प्रतिकिलो ८०, च्याउ (कन्य) प्रतिकिलो १४०, च्याउ (डल्ले) प्रतिकिलो ३८०, राजा च्याउ प्रतिकेजी ३०० र सिताके च्याउ प्रतिकेजी १,००० निर्धारण गरिएको छ ।

कुरिलो प्रतिकिलो ४२५, निगुरो प्रतिकिलो ८०, ब्रोकाउली प्रतिकिलो ८०, चुकुन्दर प्रतिकिलो ६०, सजीवन प्रतिकेजी १२०, कोइरालो प्रतिकिलो २५०, रातो बन्दा प्रतिकिलो ४०, जिरीको साग प्रतिकिलो ६०, ग्याठकोभी प्रतिकिलो ६०, सेलरी प्रतिकिलो १२०, पार्सले प्रतिकिलो २००, सौफको साग प्रतिकिलो ९०, पुदिना प्रतिकिलो ९०, गान्टे मूला प्रतिकिलो ६०, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १३०, तोफु प्रतिकिलो १५० र गुन्द्रुक प्रतिकिलो ३२० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो २५०, स्याउ (फुजी) प्रतिकिलो ३००, केरा (दर्जन) २२०, कागती प्रतिकिलो २२०, अनार प्रतिकिलो ३५०, अङ्गुर (हरियो) प्रतिकिलो २२०, अङ्गुर (कालो) प्रतिकिलो ३५०, सुन्तला (भारतीय) प्रतिकिलो १५०, तरबुजा हरियो प्रतिकिलो ५०, भुइँकटहर प्रतिगोटा १६० रुपैयाँ रहेको छ ।

काँक्रो (लोकल) प्रतिकिलो ३५, काँक्रो (हाइब्रिड) प्रतिकिलो २०, काँक्रो (लोकलक्रस) प्रतिकिलो २५,खकटहर प्रतिकिलो १००, निबुवा प्रतिकिलो ८०, नास्पाती (चाइनिज) प्रतिकिलो २५०, मेवा (नेपाली) प्रतिकिलो ७०, मेवा (भारतीय) प्रतिकिलो ११०, किनु प्रतिकिलो १३०, स्ट्रबेरी प्रतिकिलो ३०० र किबी प्रतिकिलो ४०० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो १९०, अदुवा प्रतिकिलो ९०, सुकेको खुर्सानी प्रतिकिलो ४२०, खुर्सानी (हरियो) प्रतिकिलो ९०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो ८००, भेडे खुर्सानी प्रतिकिलो १७०, हरियो लसुन प्रतिकिलो ८०, हरियो धनियाँ प्रतिकिलो ८० रुपैयाँ तोकिएको छ ।

लसुन सुकेको (चाइनिज) प्रतिकिलो २४०, लसुन सुकेको (नेपाली) प्रतिकिलो १८०, छ्यापी सुकेको प्रतिकिलो १२०, छ्यापी हरियो प्रतिकिलो १००, माछा सुकेको प्रतिकिलो १,०००, ताजा माछा (रहु) प्रतिकिलो ३५०, ताजा माछा (बचुवा) प्रतिकिलो २८० र ताजा माछा (छडी) प्रतिकिलो २५० निर्धारण गरिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?