+
+
Shares

प्रतिनिधिसभाको पहिलो अधिवेशनमा कांग्रेसबाट आङ्देम्बेले सम्बोधन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते ८:४७

१९ चैत, काठमाडौं । नवगठित प्रतिनिधिसभाको पहिलो अधिवेशन आज (बिहीबार) देखि प्रारम्भ हुँदैछ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको छ ।

बैठकमा अधिवेशन प्रारम्भका अवसरमा दलीय आधारमा सदस्यहरूले आ–आफ्नो मन्तव्य राख्ने कार्यसूची तय भएको छ । प्रतिनिधिसभामा देस्रो दलको हैसियतमा रहेको नेपाली कांग्रेसका तर्फबाट सांसद भीष्मराज आङ्देम्बेले सम्बोधन गर्ने भएका छन् ।

कांग्रेसका एक पदाधिकारीले पार्टीकाट तर्फबाट समानुपातिकतर्फका सांसद आङ्देम्बेले सम्बोधन गर्ने तय भएको जानकारी दिएका छन् । यसअघि संसद् सचिवालयले कांग्रेसका तर्फबाट सम्बोधन गर्ने नेताको नाम टुंगो नलागको बताएको थियो ।

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार बिहीबारको बैठकमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट सभापतिसमेत रहेका सांसद रवि लामिछानेले सम्बोधन गर्ने छ ।

यस्तै तेस्रो दल नेकपा एमालेका तर्फबाट संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ गर्ने तय भएको छ ।

त्यसै गरी २१ फागुनमा सम्पन्न निर्वाचन सम्मुख गठन भएको नयाँ दल श्रम संस्कृति पार्टीका तर्फबाट अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सम्बोधन गर्ने कार्यक्रम रहेको महासचिव पाण्डेयले जानकारी दिएका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?