+
+
Shares

साइकल चढेर संसद् भवन गए रास्वपा सांसद गजुरेल

दौरा सुरुवाल लगाएका उनी माउन्टेन बाइक चढेर सिंहदरबारस्थित संघीय संसद भवन गएको फोटो सार्वजनिक भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते १३:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सांसद आशिष गजुरेलले निर्वाचनपछिको पहिलो संसद बैठकमा सहभागी हुन साइकल चढेर सिंहदरबार पुगेका छन्।
  • गजुरेल सिन्धुली क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्।
  • उनले सम्भव भएसम्म हिँड्न र नभए सार्वजनिक यातायात प्रयोग गर्न सुझाव दिएका छन्।

काठमाडौं । रास्वपा सांसद आशिष गजुरेल साइकल चढेर संसद भवन गएका छन् ।

सार्वजनिक यातायात पूर्वाधार विज्ञसमेत रहेका गजुरेल निर्वाचनपछिको पहिलो संसद बैठकमा सहभागी हुन साइकल चढेर सिंहदरबार गएका हुन् ।

दौरा सुरुवाल लगाएका उनी माउन्टेन बाइक चढेर सिंहदरबारस्थित संघीय संसद भवन गएको फोटो सार्वजनिक भएको छ ।

उनले सम्भव भएसम्म हिँड्न, नभए सार्वजनिक यातायात चढ्न सुझाव समेत दिएका छन् ।

उनी सिन्धुली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका हुन् ।

अनलाइनखबरसँग कुरा गर्दै गजुरेलले निजी सवारी साधनको प्रयोग घटाउँदै वातावरण प्रदूषण न्यूनीकरण गर्ने र सुरक्षित सार्वजनिक यातायात प्रयोगलाई प्रवर्द्धन गर्ने आफ्नो पहिलेदेखिकै एजेण्डा भएकाले त्यही सन्देश दिनका लागि साइकल चढेर संसद भवन गएको बताए ।

सार्वजनिक यातायात र साइकल प्रयोगलाई प्रोत्साहन गर्ने हो भने डिजेल पेट्रोलमा बाहिरिने रकम जोगिने र प्रदूषण पनि कम हुने उनको भनाइ छ । ‘यी कुरा पहिले मैले सडकबाट आवाज उठाउँथेँ । अब संसदबाट त्यो सन्देश दिन चाहान्छु,’ उनले भने ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?