+
+
Shares

प्रतिनिधिसभाको पहिलो बैठक : तस्वीरमा हेर्नुहोस् नेताका हाउभाउ

फागुन २१ गतेको निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभाको पहिलो बैठक बिहीबार बसेको छ ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ चैत १९ गते १७:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फागुन २१ गतेको निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभाको पहिलो बैठक सिंहदरबारस्थित संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा बसेको छ।
  • सभाध्यक्ष अर्जुननरसिंह केसीको अध्यक्षतामा बसेको बैठकमा एमाले सांसदले अवरोध गरेपछि गुरु बरालले ओली र लेखकको रिहाइ माग गरे।
  • सभाध्यक्षले राष्ट्रपति रामचन्द्र पौडेलबाट बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भएको सन्देश सुनाएका थिए र सात जना नेताले धारणा राखेका थिए।

१९ चैत, काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभाको पहिलो बैठक बिहीबार बसेको छ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा पहिलो बैठक बसेको हो ।

पहिलो दिनको बैठक प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको अध्यक्षतामै बसेको छ । बैठकको सुरुवातमा नेकपा एमालेका सांसदले उठेर केही बेर अवरोध गरेका थिए । त्यसपछि सभाध्यक्ष केसीले एमाले सांसद गुरु बराललाई बोल्न समय दिए ।

बरालले एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउको विरोध जनाउँदै आजै रिहा गर्न सरकारसँग माग गरे ।

त्यसपछि सुचारू भएको बैठकमा सभाध्यक्ष केसीले राष्ट्रपति रामचन्द्र पौडेलबाट रास्वपाका बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भएको सन्देश सुनाएका थिए । त्यसपछि पूर्व निर्धारित कार्यक्रमअनुसार सात जना नेताले दलीय आधारमा आफ्नो धारणा राखेका थिए । जसमा रास्वपाका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका भीष्मराज आङदेम्बे, एमालेका रामबहादुर थापा बादल, नेपाली कम्यनिस्ट पार्टीका वर्षमान पुन, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ), राप्रपाका ज्ञानेन्द्र बहादुर शाही र स्वतन्त्र सांसद महावीर पुन बोलेका थिए ।

त्यसपछि गृहमन्त्री सुदन गुरुङले पूर्ववर्ती सरकारले जारी गरेका अध्यादेश संसद् समक्ष पेस गरेका थिए ।

त्यसपछि केही शोक प्रस्ताव पास गरेर अर्को बैठक चैत २२ गते बस्नेगरी सकियो ।

 

               

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?