+
+
Shares

प्रधानमन्त्री शाहको प्रेस विज्ञमा दाहाल नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २० गते १८:३८

२० चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को प्रेस तथा अनुसन्धान विज्ञ पदमा पत्रकार एवं लेखक दिपा दाहाल नियुक्त भएकी छिन् ।

प्रधानमन्त्रीको सल्लाहाकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम उक्त पदमा पत्रकार दाहाल शुक्रबार नियुक्त भएकी हुन् ।

दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र प्राज्ञिक क्षेत्रमा सक्रिय दाहालले शुक्रबारदेखि आफनो कार्यभार सम्हालेकी हुन् । दाहालले प्रधानमन्त्री शाहको सञ्चार रणनीति, मिडिया र अनुसन्धानमा भूमिका निर्वाह गर्नेछिन् ।

भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक न्यायको क्षेत्रमा उनको पत्रकारिताको लामो अनुभवलाई सरकारको मुलधारमा जोडन यो नियुक्ति गरिएको हो ।

दाहालसँग रेडियो, टेलिभिजन, छापा र अनलाइन विधामा २० वर्षभन्दा बढिको व्यवसायीक पत्रकारिताको अनुभव छ । उनले पछिल्लो समय उकालो डट कममा वरिष्ठ संवाददाताको रुपमा खोज पत्रकारिता गर्दै आएकी थिइन् ।

त्रिभुवन विश्वविद्यालय अर्न्तगतको पद्यमकन्या बहुमुखी क्याम्पसमा विगत सात वर्षदेखि पत्रकारिता अध्यापन गर्दै आएकी दाहालले पत्रकारिता, सञ्चार सिप र मौलिक नेतृत्व (अथेन्टिक लिडरसिप) नेतृत्वको प्रशिक्षक समेत हुन् ।

उनले ‘कोभिड : नसोचेको, नभोगेको संकट’ नामक अनुसन्धानमुलक पुस्तक पनि लेखेकी छिन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?