+
+
Shares

गण्डकीका सांसदसँग प्रधानमन्त्री : सक्ने काम मात्रै तत्काल गरौं

प्रधानमन्त्री शाहसँग महावीर पुनले भनेका छन्, ‘असार मसान्तसम्म हुने काम गर्नुपर्‍यो । अड्केको ठाउँमा फुकाउनुपर्‍यो ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २० गते १९:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन्द्र शाहले गण्डकी प्रदेशका सांसदहरूसँग क्षेत्रीय समस्या समाधानका लागि छलफल गरेका छन्।
  • सांसदहरूले सडक, तटबन्ध, पर्यटन विकास, कृषि, अस्पताल, शिक्षा, खानेपानी र सिंचाइसम्बन्धी समस्याहरू प्रधानमन्त्रीसँग राखेका छन्।
  • प्रधानमन्त्रीले समस्याहरू लिखितरूपमा दिन र मन्त्रालयसँग समन्वय गरी ह्वाट्सएप ग्रुपमार्फत नियमित सम्पर्क गर्न सांसदलाई आग्रह गर्नुभएको छ।

२० चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँँग गण्डकी प्रदेशका सांसदहरूले आफ्नो क्षेत्रको समस्या समाधानको पहल गर्न माग गरेका छन् । प्रधानमन्त्री शाहले प्रदेशगत रूपमा प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरिरहेका छन् । जसअर्न्तगत शुक्रबार प्रधानमन्त्री बालेनले गण्डकी प्रदेशका सांसदहरूसँग छलफल गरेका हुन् ।

‘आफ्नो क्षेत्रको समस्या प्रधानमन्त्रीसँग राखेका छौं,’ नवलपुर–२ बाट निर्वाचित सांसद मनिष खनालले भने । उनले बुटवल नारायणगढ सडकखण्ड, दाउन्ने सडक खण्ड, त्रिवेणी दुम्किवास सडक, तटबन्ध, हुलाकी राजमार्ग मानव र बन्यजन्तु द्वन्द्व, पर्यटनको विकास लगाययमा काम गर्नुपर्ने प्रधानमन्त्रीसँग राखेका छन् ।

‘समाधानको सहजीकरण गर्न सरकारलाई भनेको छु,’ उले भने ।

म्याग्दीबाट निर्वाचित सांसद महावीर पुनले असार मसान्तसम्म गर्नुपर्ने काम अड्केकाले ती काममा सहजीकरण गर्न आग्रह गरिएको बताए । ‘असार मसान्तसम्म हुने काम गर्नुपर्‍यो । अड्केको ठाउँमा फुकाउनुपर्‍यो,’ उनले भने ।

सांसदहरूले तत्काल र दीर्घकालीन रूपमा समाधान गर्नुपर्नेे समस्या पनि राखेका छन् । ‘प्रधानमन्त्रीलाई ध्यानकर्षण गराएका छौं । क्षेत्रको समस्या उठाएको हो । भौतिक पूर्वाधार, सिद्धार्थ राजमार्ग, कृषि, उत्पादनको आधारमा अनुदान, कृषि एम्बुलेन्स, अस्पतालमा चिकित्सकको दरबन्दी, औषधि, उपकरण, प्रविधिमैत्री शिक्षा, नमुना स्कुलको अवधारणा, खानेपानी, सिंचाइका समस्या राखेका छौँ,’ स्याङ्जाबाट निर्वाचित झविलाल डुम्रेले भने ।

प्रधानमन्त्री बालेनले सबै सांसदको कुरा सुनेको र सचिवालयले टिपोटसमेत गरेका छन् । ‘हाम्रो कुरा प्रधानमन्त्रीज्यूले सुन्नु भएको छ । गर्न सक्ने काम तत्काल गर्ने र गर्न नसकिनेलाई अहिले नसकिने भन्नु भएको छ,’ नवलपुर–१ बाट निर्वाचित सांसद राजन गौतमले भने ।

छलफलमा सहभागी सांसदका अनुसार प्रधामनन्त्री बालेनले सबै मिलेर काम गर्नुपर्ने बताएका थिए । सचिवालयसँग नियमिति सम्पर्क र सहजीकरण गर्न पनि प्रधानमन्त्री बालेनले सांसदलाई आग्रह गरेका छन् । समस्याहरू लिखितरुपमा प्रधानमन्त्री कार्यालयमा दिन प्रधानमन्त्री बालेनले भनेका छन् ।

‘जुन समस्या हो त्यो सम्बन्धित मन्त्रालयसँग कोर्डिनेसन गर्ने र प्रदेशको सबै सांसद रहनेगरी ह्वाट्सएप ग्रुपमा जोडिन भन्नु भएको छ,’ सांसद मनिष खनालले भने । यसअघि प्रधानमन्त्री बालेनले अन्य प्रदेशका संसादसँग पनि छलफल गरेका थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?