+
+
Shares

गण्डकीका सांसदहरूसँग प्रधानमन्त्रीले गरे छलफल

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २० गते १६:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन्द्र शाहले गण्डकी प्रदेशका सांसदहरूसँग क्षेत्रका समस्या र समाधानबारे २० चैतमा छलफल गर्नुभएको छ।
  • स्याङ्जा क्षेत्र नम्बर २ का सांसद झबिलाल डुम्रेलले भौतिक पूर्वाधार, स्वास्थ्य, कृषि, पर्यटन र नदीसम्बन्धी समस्या र समाधान प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
  • सांसदहरूले सिद्धार्थ हाइवेको स्तरोन्नतिको लागि ठोस कार्यान्वयन आवश्यक रहेको र कृषिमा उत्पादन आधारमा अनुदान व्यवस्था मिलाउन आग्रह गरेका छन्।

२० चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले गण्डकी प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् ।

शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनले गण्डकी प्रदेशका सांसदहरूसँग उनीहरूको क्षेत्रका समस्या र समाधानका उपायबारे छलफल गरेका हुन् ।

यसअघि उनले कोशी, सुदूरपश्चिम, कर्णाली प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए ।

सो क्रममा स्याङ्जा क्षेत्र नम्बर २ का सांसद झबिलाल डुम्रेले भौतिक पूर्वाधार, स्वास्थ्य, कृषि, पर्यटन, नदी लगायतका विषयमा बुँदागत रुपमा समस्या र समाधानबारे प्रधानमन्त्री शाहलाई जानकारी गराए ।

अन्य सांसदहरूले पनि आ–आफ्ना क्षेत्रको अवस्थाबारे जानकारी गराएका थिए ।

सिद्धार्थ हाइवेको महत्वबारे जानकारी गराउँदै उनले यसअघि स्तरोन्नतिको विषय भाषणमा मात्रै सीमित हुँदा पछाडि परेको बताए ।

‘यस अवस्थालाई सुधार गर्न ठोस कार्यान्वयन आवश्यक छ । प्रभावकारी स्तरोन्नतिले स्याङ्जा, पाल्पा, रुपन्देही, कपिलवस्तु र कास्की जिल्लाको आर्थिक विकास तथा पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ,’ उनले भने ।

कृषिमा उत्पादनको आधारमा अनुदानको व्यवस्था मिलाउन पनि उनले आग्रह गरे ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?