+
+
Shares

शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ

 सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अग्रवालविद्ध अनुसन्धान भइरहेको छ । ‘बयानका लागि बोलाएका थियौं । उहाँ यहाँ आउनुभएको छ,’ ठाकुरले अनलाइनखबरसँग भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २२ गते १२:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शंकर ग्रुपका मालिक सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका छन्।
  • शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल र व्यापारी दीपक भट्टलाई पनि पक्राउ गरिएको छ।
  • सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अग्रवालसँग जोडिएका अन्य व्यक्तिमाथि पनि अनुसन्धान अघि बढाएको छ।

२१ चैत, काठमाडौं । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ गरिएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरका अनुसार, उनलाई बयानका लागि नियन्त्रणमा लिइएको हो ।

‘बयानका लागि बोलाएका थियौं । उहाँ यहाँ आउनुभएको छ,’ ठाकुरले अनलाइनखबरसँग भने ।  सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अग्रवालविद्ध अनुसन्धान भइरहेको छ ।

अग्रवाल २०७६ सालमा पनि ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बेच्न खोजेको आरोपमा पक्राउ परेका थिए । उनलाई पछि विभागले तारेखमा छाडेको थियो ।

यसअघि शुक्रबार नै शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पनि पक्राउ परेका थिए । व्यापारी दीपक भट्ट पक्राउ परेसँगै सम्पत्ति शुद्धीकरण विभागले उनीसँग जोडिएका अन्य व्यक्तिमाथि पनि अनुसन्धान अघि बढाएको हो ।

शंकर ग्रुप नेपालको एक अग्रणी व्यावसायिक घरानाका रूपमा चिनिन्छ । यसको मुख्य कम्पनी जगदम्बा स्टिल हो ।

यो समूहले नेपालमा स्टिलसँगै, सिमेन्ट, जलविद्युत्, उपभोक्ता वस्तु लगायत क्षेत्रमा लगानी गरेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?