+
+
Shares

सुलभ अग्रवाललाई थुनामा राख्ने कारण पेस गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले व्यवसायी सुलभ अग्रवाललाई थुनामा राख्नुको कारण पेस गर्न आदेश दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते १८:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतले व्यवसायी सुलभ अग्रवाललाई थुनामा राख्नुको कारण पेस गर्न आदेश दिएको छ।
  • शंकरलाल अग्रवालले पेस गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले आदेश दिएको हो।
  • संपत्ति शुद्धीकरण विभागले सुलभ अग्रवाललाई चैत २२ मा नियन्त्रणमा लिएको थियो र शंकरलाल अग्रवाललाई पनि नियन्त्रणमा लिइएको थियो।

१४ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी सुलभ अग्रवाललाई थुनामा राख्नुको कारण पेस गर्न आदेश दिएको छ । उनका बाबु शंकरलाल अग्रवालले पेस गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले यस्तो आदेश गरेको हो ।

शंकर ग्रुपअन्तर्गत जगदम्बा होल्डिङ्सका अध्यक्ष अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले चैत २२ मा नियन्त्रणमा लिएको थियो । विभागले अनुसन्धानकै क्रममा सुलभका बाबु शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई काठमाडौंबाट नियन्त्रणमा लिएको थियो । तर उनी हाजिरी जमानीमा रिहा भइसकेका छन् ।

इन्फिनिटी होल्डिङ्स र शंकर ग्रुपबीच भएको शंकास्पद आर्थिक कारोबार अनुसन्धानका क्रममा शुलभ पक्राउ परेका हुन् ।

करोडौंको शंकास्पद आर्थिक कारोबार देखिएपछि नेपाल राष्ट्र बैंकले साढे २ वर्षअघि नै शंकर ग्रुप र इन्फिनिटी होल्डिङ्सबीच भएका वित्तीय कारोबारको अनुसन्धान गर्न विभागलाई पत्र पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?