+
+
Shares

सिरहामा कारको ठक्करबाट साइकल यात्री घाइते

सुरेश राय सुरेश राय
२०८२ चैत २१ गते १५:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहामा कारले साइकल यात्री रविन सदायलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका छन्।
  • सदायलाई स्थानीय आर.के. मेडिसिटीमा उपचारपछि विराटनगर रिफर गरिएको छ।
  • कार चालक आकाश चौधरीलाई प्रहरीले नियन्त्रणमा राखेको छ।

२१ चैत, सिरहा । सिरहामा कारले साइकल यात्रीलाई ठक्कर दिँदा एक युवक गम्भीर घाइते भएका छन् । धनगढीमाई नगरपालिका–१० आमचौकमा भएको दुर्घटनामा धनगढीमाई नगरपालिका–११ का करिब २५ वर्षीय रविन सदाय घाइते भएका हुन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ७५२७ नम्बरको कारले साइकलमा सवार सदायलाई ठक्कर दिएको हो ।

दुर्घटनापछि गम्भीर अवस्थामा रहेका उनलाई तत्काल स्थानीय आर.के. मेडिसिटीमा उपचारका लागि लगिएको थियो ।

तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगर रिफर गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख सालिकराम तिमिल्सिनाले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार सदायको टाउको, हात र खुट्टामा गम्भीर चोट लागेको छ ।

कार चालक सुनसरीको इटहरी उपमहानगरपालिका–१७ का करिब २६ वर्षीय आकाश चौधरी रहेका छन् । उनलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?