+
+
Shares

अपराधी र तस्करलाई माया होइन, कानुनले ठोक्ने हो : आईजीपी अर्याल

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २२ गते १५:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले सीमा क्षेत्रमा हुने अपराध, तस्करी र सुरक्षाकर्मीमाथिको आक्रमणप्रति शून्य सहनशीलता अपनाउन निर्देशन दिएका छन्।
  • आईजीपी अर्यालले खक्रौलामा भएको आक्रमण जस्ता घटना फेरि नदोहोरिन र कानुनले बल प्रयोग गर्न नरोकेको स्पष्ट पारेका छन्।
  • वैद्यनाथ बाहिनीको २५औँ स्थापना दिवसमा आईजीपी अर्यालले सशस्त्र प्रहरीको सीमा सुरक्षा र आन्तरिक सुरक्षा क्षेत्रमा योगदानको प्रशंसा गरेका छन्।

२२ चैत, धनगढी । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक(आईजीपी) राजु अर्यालले सीमा क्षेत्रमा हुने अपराध, तस्करी र सुरक्षाकर्मीमाथिको आक्रमणप्रति शून्य सहनशीलता अपनाउन निर्देशन दिएका छन् ।

कैलालीको अत्तरियामा आइतबार आयोजित सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनीको २५औँ स्थापना दिवसमा सम्बोधन गर्दै आईजीपी अर्यालले अपराध तथा चोरी, तस्करीमा संलग्न कुनै पनि व्यक्तिलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताए ।

‘अपराधी र तस्करलाई माया गर्ने होइन, कानुनले ठोक्ने हो,’ अर्यालले भने । कैलालीको खक्रौलामा रहेको सशस्त्र प्रहरीको बीओपीभित्र प्रवेश गरेर तत्कालीन डीएसपी प्रदीप पौडेलसहितमाथि भएको आक्रमण जस्ता घटना फेरि दोहोरिन नदिनसमेत उनले निर्देशन दिएका छन् ।

उक्त घटनालाई सशस्त्र प्रहरीले गम्भीर रुपमा लिएको बताउँदै अर्यालले यस्तो अवस्थामा कानुनले बल प्रयोग गर्न नरोकेको स्पष्ट पारेका छन् भने सशस्त्रका युनिटभित्र घुसेर लुटपाट, हतियार खोस्ने वा सुरक्षाकर्मीमाथि हमला गर्नेविरुद्ध तत्काल प्रतिवाद गर्न निर्देशन दिएका छन् ।

‘सीमा सुरक्षा गुल्म खक्रौलाको भित्र पसेर गैरकानुनी हर्कत भएको छ । यो कुरालाई संगठनले गम्भीर रुपमा हेरेको छ,’ अर्यालले भने, ‘यस्तो अवस्थामा बल प्रयोग गर्ने कुरामा कानुनले तपाईलाई छेकेको छैन । हतियार लुट्न आउने, डाका गर्न आउनेलाई प्रतिवाद गर्ने, ज्यान तलमाथि भएपनि कानुनले छेकेको छैन ।’

उनले खक्रौला जस्ता घटना फेरि दोहोरिन नदिन समेत सचेत गराएका छन भने घटनाका बेला रमिते भएर फोटो खिचेर बस्ने सशस्त्र प्रहरीलाई निलम्बन गरेर कारवाही गरिने पनि उल्लेख गरेका छन् ।

खक्रौलामा सामान बरामद गरेको विषयमा विवाद हुँदा एक समूहले गुल्मभित्रै प्रव्श गरेर गुल्मपति डीएसपी प्रदीप पौडेलसहितमाथि आक्रमण गरेको थियो । उक्त घटनापछि डीएसपीसहित घटनाका बेला गुल्ममा उपस्थित सबैलाई हेटक्वाटर तानेर छानबिन थालिएको छ ।

वैद्यनाथ बाहिनीको स्थापना दिवसमा आईजीपी अर्यालले २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न भूमिका खेलेको भन्दै प्रशंसा समेत गरेका थिए ।

सशस्त्र प्रहरीको मुख्य कार्यादेशको रुपमा रहेको सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजश्व चुहावट नियन्त्रण तथा विपद् व्यवस्थापनका काममा समेत सशस्त्र प्रहरीको योगदान उल्लेखनीय रहेको अर्यालले बताए ।

गोदावरी नगरपालिका–१ मा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी स्थापना भएको आइतबार २५ वर्ष पूरा भएको छ । २२ चैत २०५८ मा बाहिनीको स्थापना भएको थियो ।

निमित्त बाहिनीपती सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) दिग विजय सुवेदीको अध्यक्षतामा आयोजित स्थापना दिवसको विशेष समारोहका प्रमुख अतिथि आईजीपी अर्याल थिए । स्थापना दिवसका अवसरमा बाहिनीले उत्कृष्ट कार्य गर्ने प्रदेशका विभिन्न पदमा कार्यरत सशस्त्र प्रहरीहरुलाई प्रशंसापत्रसहित सम्मान समेत गरेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?