+
+
Shares

विकासमा निजी क्षेत्रको भूमिका ठूलो छ  : अध्यक्ष ढकाल

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २२ गते १९:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले मुलुकको समग्र विकास र रोजगारी सिर्जनामा ठूलो भूमिका रहेको बताएका छन्।
  • ढकालले प्राकृतिक स्रोत, कृषि, पर्यटन र उद्योग क्षेत्रमा स्थानीय स्रोत साधनको अधिकतम उपयोग गरी आर्थिक समृद्धि ल्याउन सकिने दाबी गरेका छन्।
  • कोशी प्रदेश सभासँगै कोशी महासंघको नयाँ नेतृत्वका लागि राजेन्द्र राउत र नवीन रिजालबीच तीव्र प्रतिस्पर्धा हुँदैछ र निर्वाचन कार्यतालिका आजै मतदान हुनेछ।

२२ चैत, विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको समग्र विकास र रोजगारी सिर्जनामा निजी क्षेत्रको ठूलो भूमिका रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशको आठौँ प्रदेश सभाको विराटनगरमा उद्घाटन गर्दै अध्यक्ष ढकालले विकास र रोजगारी सृजनाका लागि निजी क्षेत्रको ठूलो भूमिका रहेको बताएका हुन् ।

मुलुकको कुल रोजगारीको ठूलो हिस्सा निजी क्षेत्रले ओगटेको  बताउँदै उनले पछिल्लो समय निजी क्षेत्रप्रति सरकारको दृष्टिकोणमा पनि सकारात्मक भइरहेको बताए ।

अध्यक्ष ढकालले प्राकृतिक स्रोत, कृषि, पर्यटन र उद्योग क्षेत्रमा स्थानीय स्रोत साधनको अधिकतम उपयोग गरी आर्थिक समृद्धि ल्याउन सकिने दाबी गरे । नेपालमा लगानीको वातावरण रहेको सन्देश दिनका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले सरकार र निजी क्षेत्रबीचको सहकार्यले मात्रै दिगो विकासको लक्ष्य प्राप्त हुने बताए ।

महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले निजी क्षेत्रलाई हेर्ने सरकारी र सामाजिक दृष्टिकोणले लगानीकर्ताहरू हतोत्साही हुने गरेको बताए । निजी क्षेत्र निरुत्साहित भएमा लगानी घट्ने बताउँदै उनले राष्ट्रिय अर्थतन्त्र बलियो बनाउने राज्यको दृष्टीकोण सकारात्मक हुनुपर्ने बताए ।

प्रदेश सभासँगै कोशी महासंघको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष राजेन्द्र राउत र नवीन रिजालबीच तीव्र प्रतिस्पर्धा हुँदैछ । निर्वाचन कार्यतालिका आजै मतदान हुनेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?