+
+
Shares

एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २२ गते १९:५६

२२ चैत, काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई हिरासत बाहिर राखेर थप अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले आदेश जारी गरेको छ ।

बालबालिकासम्बन्धी कसुरमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

उनले एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेका थियो ।

शर्मालाई मुद्दा चलाउन नपर्ने राय सहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा तयार भएको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको थियो ।

यसअघि नै मुद्दा चलाउन नपर्ने निर्णय भइसकेकाले उनलाई हिरासतमुक्त गरी मुद्दाको अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंका न्यायाधीश जगतबहादुर पौडेलको इजसालले आदेश जारी गरेको हो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?