+
+
Shares

१५औं महाधिवेशनबाट पार्टी नयाँ पुस्तालाई सुम्पिनुपर्छ : दिलेन्द्र बडू

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २३ गते १०:०९

२३ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले नेता–कार्यकर्ताहरूलाई १५औं महाधिवेशनमा सहभागी भई पार्टीलाई सुदृढ, पूर्णअनुशासित र एकताबद्ध बनाएर नयाँ पुस्तासम्मलाई सुम्पिने कार्यमा अघि बढ्न आग्रह गरेका छन् ।

उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा विज्ञप्ति जारी गरेर पार्टीले सार्वजनिक कार्यतालिकाअनुसार १५औं महाधिवेशनका लागि अघि बढ्न नेता–कार्यकर्ताहरूलाई आग्रह गरेका हुन् ।

‘लोकतन्त्र र प्राप्त उपलब्धिमा चुनौती बढिरहेको अवस्थामा, रचनात्मक र जिम्मेवार प्रतिपक्ष भई लोकतन्त्रको मार्गमा नयाँ पुस्तालाई हिँडाउन आवश्यकता रहेको अवस्थामा नेपाली कांग्रेस थप बलियो, थप जिम्मेवार र एकजुट हुनुपर्ने अझ आवश्यक छ’, विज्ञप्तिमा भनिएको छ ।

समयले सर्वोच्च अदालतको व्याख्या र आदेश जे–जस्तो आए पनि सबैलाई मान्य हुने नेता बडूले बताएका छन् । ‘त्यसको प्रतीक्षामा बसेर निर्वाचनको कारण र पृष्ठभुमि खोतलेर अथवा विशेष अधिवेशन हुँदा र नहुँदाको अवस्थाको सम्भावित परिणामबारे काल्पनिक व्याख्याजस्ता विषयहरूमा अल्मलिएर समय खेर नफालौं’, उनले भनेका छन् ।

पार्टीको संगठन भित्रका आन्तरिक कमजोरीसँगै मतदाताको परिवर्तनको उर्लदो चाहनाको अनियन्त्रित सुनामीसमेतका कारण निर्वाचन परिणाम अपेक्षाअनुरुप हुन नसकेन र निर्वाचन परिणाम ऐतिहासिक रूपमा नै कमजोर रहेको बडूको भनाइ छ ।

‘यो तितो सत्य हो । वर्तमान अवस्थामा यस यथार्थलाई स्वीकार गर्दै पार्टी सभापतिले सार्वजनिक रुपमै परिणामको नैतिक जिम्मेवारीसमेत स्वीकार गरिसकेको अवस्था पनि छ,’ उनले लेखेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?