+
+
Shares

संसद्‌मा मेरो भूमिका निष्पक्ष रहनेछ : सभामुख अर्याल

सभामुख डोल प्रसाद अर्यालले संसद्‌मा आफ्नो भूमिका निष्पक्ष रहने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २३ गते १४:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सभामुख डोल प्रसाद अर्यालले संसद्‌मा आफ्नो भूमिका निष्पक्ष रहने बताएका छन्।
  • अर्यालले पुराना ऐन संशोधन गर्ने र नयाँ बनाउने सन्दर्भमा सदन काम गर्न तत्पर हुने विश्वास व्यक्त गरे।
  • उहाँले सभामुखको पदलाई उच्च बनाउन तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका खेल्ने बताए।

२३ चैत, काठमाडौं । सभामुख डोल प्रसाद अर्यालले संसद्‌मा आफ्नो भूमिका निष्पक्ष रहने बताएका छन् ।

सभामुखमा निर्वाचित भएपछि अर्यालले सोमबार पहिलो पटक सभा सञ्चालन गरे । सभालाई कार्यसूचीमा प्रवेश गराउनु अगाडि उनले यस्तो बताएका हुन् ।

‘सबैको समन्वयमा संसद्को गरिमा बढ्नेमा दुविधा छैन’ उनले भनेका छन्, ‘मेरो निष्पक्ष भूमिका रहनेछ ।’

पूराना ऐन बदलेर संशोधन गर्ने र नयाँ बनाउने सन्दर्भमा सदन काम गर्न तत्पर हुने उनले विश्वास व्यक्त गरे ।

सभामुखको रुपमा तटस्थ, निश्पक्ष र समन्वयकारी हुने पनि उनले बताए । सभामुखको पदलाई उच्च बनाउन भूमिका खेल्ने पनि उनले बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?