+
+
Shares

कालीगण्डकीको धारै परिवर्तन गरेर दोहन

कालीगण्डकीको बागलुङ क्षेत्रमा हिउँदमा कालीगण्डकीको धार नै परिवर्तन गरेर मापदण्डविपरीत ढुङ्गा तथा बालुवा उत्खनन् गर्ने गरेको पाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २३ गते १६:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागलुङमा कालीगण्डकी नदीको धार परिवर्तन गरी मापदण्डविपरीत ढुङ्गा र बालुवा उत्खनन् गरिएको पाइएको छ।
  • नगरपालिकाले नदीजन्य पदार्थ निकाल्न ठेक्का दिएको भए पनि २५० मिटरभन्दा बढी लम्बाइ र आठ मिटर गहिराइमा उत्खनन् भएको छ।
  • नदी दोहनले भूक्षय, बाढी पहिरो र नदी छेउका बस्तीमा क्षति पुर्‍याएको भन्दै कारबाहीको तयारी भइरहेको छ।

२३ चैत, गलकोट (बागलुङ) । कालीगण्डकी नदीको धारै परिवर्तन गरेर दोहन गरिएको छ ।

बर्खाको समयमा मध्यरातमा दोहन भइरहने कालीगण्डकीको बागलुङ क्षेत्रमा हिउँदमा कालीगण्डकीको धार नै परिवर्तन गरेर मापदण्डविपरीत ढुङ्गा तथा बालुवा उत्खनन् गर्ने गरेको पाइएको छ ।

बागलुङ नगरपालिका–१३ कालाखोला बगरमा नदीलाई पर्वत जिल्लातर्फ फर्काएर नदीजन्य पदार्थ निकालिएको छ ।

नगरपालिकाले कालाखोला बगर, भाटेखोला र गलुवा खोलासहितका बगरहरु ठेक्कामा लगाए पनि नदीलाई नै सङ्कटमा पारेर दोहोन भएको छ ।

बागलुङ–१० गलुवा र बागलुङ–१३ कालाखोला बगरमा हिउँदमा कालीगण्डकीमा थोरै पानी बग्दा नदीको धारनै फर्काएर दोहन गर्ने गरेको पाइएको छ ।

बागलुङ नगरपालिकाले हिउँदमा नदीजन्य पदार्थ निकाल्न ठेक्कामा लगाए पनि नदी दोहन मापदण्ड विपरित भएको सरोकारवालाले बताएका छन् । कालीगण्डकी नदीको दोहनले बागलुङ र पर्वत दुबै खण्डमा भूक्षय, बाढी पहिरो तथा नदी छेउका बस्तीमा समेत क्षति पुर्‍याउन थालेको पाइएको छ ।

कालाखोला बगरमा नदीलाई पर्वततर्फ फर्काएर २५० मिटरभन्दा बढी लम्बाइ, ५० मिटरभन्दा बढी चौडाइ र सात मिटरभन्दा गहिराइमा नदीजन्य पदार्थ ठूला उपकरणको सहायताले निकालिएको अनुगमनमा पाइएकाले कारबाही गर्न नगरपालिकालाई जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले जानकारी दिए ।

प्रमुख थापाले ३० प्रतिशत मानवसाधन प्रयोग गर्नुपर्नेमा सत प्रतिशत उपकरणको प्रयोग भएकाले नदीको संरचनानै फेरबदल भएको बताए ।

‘दोहन रोक्न सबैको समन्वय चाहिन्छ, अहिले नगरपालिकाले राजस्व उठाएको छ, तर नगरपालिकाले दिएको मापदण्डविपरीत दोहोन भएको पाइएको छ, मापदण्डअनुसारको नदीजन्य पदार्थ र अवैध नदीजन्य पदार्थको ठहर प्राविधिकको प्रतिवेदनमा उल्लेख छ,’ उनले भने, ‘नगरपालिकाले अनुमति दिएकोभन्दा बढी उत्खनन गरेको पाइए कारबाही हुन्छ, नगरपालिकाको सम्झौताभन्दा बढी दोहान भएकाले कारबाही गर्न भनेका छौँ ।’

कालीगण्डकी नदी दोहन चौतर्फी दबाबका बीच नदीमै पुगेर अनुगमन गर्न थालिएको हो । कालाखोला आसापास र गलुवा क्षेत्रमा बढी दोहन भइरहको छ ।

वातावरणिय प्रभाव मूल्याङ्कन गरेर बागलुङ नगरपालिकाले बढीमा दुई मिटरसम्म गहिराइबाट नदीजन्य पदार्थ निकाल्न अनुमति दिए पनि आठ मिटरसम्म गहिराइ बनाएको पाइएको छ । रासस

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?