+
+
Shares

‘मिस नेपाल नर्थ अमेरिका २०२६’ को आवेदन खुला : फिनाले वासिङ्टन डीसीमा हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २६ गते १३:३२
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ड्रिम्स युनिभर्सलले 'मिस नेपाल नर्थ अमेरिका २०२६' का लागि आवेदन खुला गरेको छ।
  • प्रतियोगिता यसपटक वासिङ्टन डीसीमा आयोजना हुनेछ र फिनाले जुलाई २५ मा हुनेछ।
  • १८ देखि २९ वर्ष उमेरका अविवाहित नेपाली महिलाले आवेदन दिन सक्नेछन् र विजेताले मिस नेपाल २०२६ मा प्रवेश पाउनेछिन्।

काठमाडौं । ‘मिस नेपाल नर्थ अमेरिका २०२६ ’का लागि आवेदन खुला गरिएको छ । आयोजक संस्था ड्रिम्स युनिभर्सलले विहिबारदेखि आवेदन खुला भएको जानकारी दिएको हो ।

आठौँ संस्करणसम्म न्यूयोर्क सहरमा आयोजना हुँदै आएको यो प्रतियोगिता यसपटक भने राजधानी वासिङ्टन डीसीमा हुने आयोजक प्रमुख शैलेन्द्र श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार यसपालिको संस्करणमा नेपाली फिल्मसहित अन्य क्षेत्रका सेलिब्रेटीको सहभागिता हुने जनाइएको छ ।

फिनाले समारोह जुलाई २५ (साउन ९) मा आयोजना हुनेछ । अमेरिका र क्यानडामा बसोबास गर्दै आएका १८ देखि २९ वर्ष उमेरसम्मका अविवाहित युवतीले प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने नियम छ ।

न्यूनतम शैक्षिक योग्यता उच्च माध्यमिक प्लस टु वा सो सरह हुनुपर्नेछ भने उचाइ कम्तीमा ५ फिट १ इन्च हुनुपर्नेछ । ‘नेपाली महिलालाई सशक्त बनाउँदै, आगामी पुस्तालाई सशक्त बनाउने’ भन्ने नारासहित यस वर्षको प्रतियोगिता आयोजना हुँदैछ ।

विजेताले मिस नेपाल २०२६ मा प्रवेश पाउनेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?