२६ चैत, काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त गरेको छ ।
योजना आयोग सदस्यमा अर्जुनजंग थापा, प्रा. डा. सञ्जय आचार्य, डा. देवेन्द्र गौचन, रेशु अर्याल, प्रा. डा. सुदन झा र डा. पुकार मल्ल नियुक्त भएका हुन् ।
सदस्य नियुक्त थापा भौतिक मन्त्रालयका पूर्वसचिव हुन् भने प्रा. डा. आचार्य त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक हुन् ।
त्यस्तै डा. गौचन ‘इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज’ (आईआईडीएस) का सिनियर फेलो हुन् । अर्याल शिक्षाविद् हुन् । उनी यसअघि बालेन शाह काठमाडौं महानगरका मेयर रहँदा सल्लाकारको भूमिकामा थिइन् ।
प्रा. डा. झा काठमाडौं विश्वविद्यालयका कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङका प्राध्यापक हुन् भने डा. मल्ल गभर्नेन्स ल्याबका सहसंस्थापक तथा अध्यक्ष हुन् । उनी नेपाल लिडरसिप एकेडेमीका कार्यकारी कोच पनि हुन् ।
यसअघि सरकारले योजना आयोग उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको थियो ।
प्रतिक्रिया 4