+
+
Shares

फोटो पत्रकार नरेन्द्र श्रेष्ठको तस्विर ‘वर्ल्डप्रेस फोटो’मा उत्कृष्ट

वर्ल्डप्रेस फोटो प्रतियोगिताको ७१ वर्षको इतिहासमा नेपाली फोटो पत्रकारले खिचेको नेपालको फोटो उत्कृष्टमा परेको यो पहिलो पटक भएको श्रेष्ठले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २६ गते १७:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालका पत्रकार नरेन्द्र श्रेष्ठको सिंहदरबार जलेको फोटो वर्ल्डप्रेस फोटो प्रतियोगितामा उत्कृष्ट भएको छ।
  • यो प्रतियोगितामा १ सय ४१ देशका ३७ हजार ४७ फोटो पत्रकार सहभागी भएका थिए।
  • श्रेष्ठले वर्ल्डप्रेस फोटोमा पहिलो पटक नेपाली फोटो उत्कृष्ट भएको जानकारी दिनुभयो।

२६ चैत, काठमाडौं । नेपालका पत्रकार नरेन्द्र श्रेष्ठको फोटो यसवर्षको वर्ल्डप्रेस फोटोमा उत्कृष्ट भएको छ । जेनजी आन्दोलनका क्रममा सिंहदरबार जल्दै गरेको फोटो वर्ल्डप्रेस फोटो प्रतियोगितामा उत्कृष्ट भएको हो ।

वर्ल्डप्रेस फोटो प्रतियोगिताको ७१ वर्षको इतिहासमा नेपाली फोटो पत्रकारले खिचेको नेपालको फोटो उत्कृष्टमा परेको यो पहिलो पटक भएको श्रेष्ठले जानकारी दिए ।

यसअघि नेपालका घटनामा विदेशी फोटो पत्रकारहरूले खिचेका फोटोहरू चाहिँ वर्ल्डप्रेस फोटोमा उत्कृष्ट हुँदै आएका थिए ।

यसपटक १ सय ४१ देशका ३७ हजार ४७ फोटो पत्रकारहरू प्रतियोगितामा सामेल भएका थिए ।

त्यसमध्ये ‘वेस्ट सेन्ट्रल एण्ड साउथ एसिया’ क्याटेगोरीमा श्रेष्ठको फोटो पहिलो नम्बरमा परेको हो । प्रतियोगितामा आएका ५७ हजार फोटोहरूबाट श्रेष्ठको फोटो उत्कृष्ट ठहरिएको हो ।

‘मैल २५ वर्षदेखि निरन्तर रुपमा लागिरहेको थिएँ । यसपटक सफलता पाउँदा एकदमै खुशी छु’ श्रेष्ठले भने,’ विश्वका कुनै पनि फोटो पत्रकारहरूका लागि यो प्रतियोगितामा जित्नु निकै ठूलो कुरा हो ।’

नेदरल्याण्ड्समा रहेको यो गैरसरकारी संस्थाले विश्वभर फोटो प्रदर्शनी लगायतका गतिविधि पनि गर्छ । श्रेष्ठले वर्ल्डप्रेस फोटोमा चयन भएको फोटो युरोपियन फोटो एजेन्सी (इपीए)का लागि खिचेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?