+
+
Shares

विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट

यसअघि १ वैशाखबाट शैक्षिकसत्र सुरु हुने गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २६ गते १८:०८

२६ चैत, काठमाडौं । शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने भएको छ । सरकारले १५ वैशाखबाट शैक्षिकसत्र सञ्चालन गर्ने निर्णय गरेको थियो ।

तर भर्ना कहिलेबाट हुने भन्ने अन्योल भएपछि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भर्ना पनि १५ गतेबाट नै हुने स्पष्ट पारेको हो ।

केन्द्रले जारी गरेको सूचनामा भर्ना अभियान वैशाख १५ गतेबाट र वैशाख २१ गतेबाट पठनपाठन सुरु हुने उल्लेख छ ।

यसअघि १ वैशाखबाट शैक्षिकसत्र सुरु हुने गरेको थियो ।

सूचनामा वैशाख २ गतेदेखि प्रवर्धनात्मक र रचनात्मक शैक्षिक कार्य गर्न भनिएको छ । १५ वैशाखअघि शैक्षिक सत्रका कार्ययोजना निर्माण गर्ने,  वार्षिक कार्यतालिका, शैक्षणिक योजना निर्माण/तयारी गर्ने,  विद्यालय सुधार योजना निर्माण तथा अद्यावधिक गर्ने भनिएको छ ।

त्यसैगरी शिक्षकको पेशागत क्षमता विकासका कार्य सञ्चालन गर्ने र  विद्यार्थीको सिकाइ उपलब्धि सुधारसम्बन्धी योजना निर्माण गर्ने भनिएको छ  ।

शैक्षिक संस्थामा शनिबार र आइतबार २ दिन सार्वजनिक बिदा दिने निर्णय भएकाले सोही अनुसार शैक्षिक कार्यक्रम तयार गरी कार्यान्वयन गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?