+
+
Shares

संसद्लाई कटाक्षको थलो नबनाऔं : अमरेश सिंह

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते १७:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाका सांसद अमरेशकुमार सिंहले संसद्‍लाई कटाक्षको थलो नबनाउन र राष्ट्र निर्माणको थलो बनाउनुपर्ने बताउनुभयो।
  • सांसद सिंहले सरकार सुशासन, भ्रष्टाचार अन्त्य र दिगो विकासमा सबैसँग हातेमालो गरेर अघि बढ्ने उल्लेख गर्नुभयो।
  • उहाँले ३०/३५ वर्षदेखि जनता ठगिँदै आएको भन्दै जनतालाई ठग्ने कामबाट मुक्त गर्नुपर्ने बताउनुभयो।

२७ चैत, काठमाडौं । रास्वपाका सांसद अमरेशकुमार सिंहले संसद्‍लाई कटाक्षको थलो बनाउन नहुने बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै सांसद सिंहले संसद्‍लाई एकअर्कालाई घोचपेचको थलो बनाउन नहुने बताए ।

रास्वपा देशमा सुशासन, भ्रष्टाचार अन्त्य गर्ने, दिगो विकास र देश निर्माणको काममा सबैसँग हातेमालो गरेर आगामी दिनमा अघि बढ्न तयार रहेको उनले बताए ।

उनले भने, ‘यो सरकारको तर्फबाट देशमा सुशासन, भ्रष्टाचार अन्त्य गर्ने दिगो विकास र देश निर्माणको काममा सबैसँग हातेमालो गरेर आगामी दिनमा जान्छौं । यो संसद्लाई कटाक्षको थलो नबनाऔं । एकअर्कालाई घोचपेचको थलो नबनाऔं । यसलाई हामी एउटा राष्ट्र निर्माणको थलो बनाऔं । राष्ट्र नीति निर्माणको थलो बनाऔं ।

सांसद सिंहले ३०/३५ वर्षदेखि जनता ठगिँदै आएको भन्दै जनतालाई ठग्ने कामबाट मुक्त गर्नुपर्ने बताए ।

जनताले विकास, सुशासन र भ्रष्टाचार मुक्त देश खोजेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?