+
+
Shares

अमरेश सिंह भन्छन्- सांसदकै रूपमा देश र जनताको सेवा गर्नेछु

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १३ गते १४:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाका सांसद डा. अमरेशकुमार सिंहले आफू मन्त्री बन्न नपाएको समाचार भ्रामक भएको दाबी गरेका छन्।
  • सिंहले सामाजिक सञ्जाल एक्समा प्रकाशित समाचारमा कुनै सत्यता नभएको उल्लेख गरेका छन्।
  • उनी सांसदकै रूपमा देश र जनताप्रति इमान्दारीपूर्ण रूपमा सेवा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

१३ चैत, काठमाडौं । रास्वपाका सांसद डा. अमरेशकुमार सिंहले आफूबारे सञ्चारमाध्यममा आएका समाचारहरूमा सत्यता नभएको दाबी गरेका छन् ।

नवगठित मन्त्रिपरिषद्‍मा नअटाएको विषयमा प्रकाशित समाचारमा आपत्ति जनाउँदै उनले प्रकाशित समाचारहरूलाई भ्रामक भनेका छन् ।

‘केहीबेर अगाडिदेखि मिडियाहरूमा आएको समाचार भ्रामक हुन्,’ सिंहले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यसमा कुनै सत्यता छैन ।’

यसअघि बालेन शाह नेतृत्वमा गठन हुने मन्त्री बन्नेहरूको सूचीमा सिंहको नाम पनि चर्चामा थियो । तर अन्तिम समयमा आएर उनको नाम मन्त्री सूचीबाट आउट भएको थियो ।

उनले आफू सांसदकै रूपमा देश र जनताप्रति इमान्दार भएर काम गर्ने बताएका छन् ।

‘म सांसदकै रूपमा देश र जनताप्रति इमानदारीपूर्ण रूपमा सेवा गर्नेछु,’ सांसद सिंहले भनेका छन्, ‘पार्टी र सरकारसँगको सहकार्यमा सम्पूर्ण नेपाली जनताको पक्षमा काम गर्नेछु ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?