+
+
Shares

जर्मनीका लागि नेपाली राजदूत रुपाखेतीले दिए राजीनामा

सुशीला कार्की नेतृत्व नेतृत्वको सरकारले गरेको फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि रुपाखेतीलगायतका राजदूतहरू मन्त्रालयमा हाजिर गर्दै आएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते १७:२५
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेतीले पदबाट राजीनामा दिएका छन्।
  • उनको राजीनामा परराष्ट्रमन्त्री शिशिर खनालले स्वीकृत गरेका छन्।
  • रुपाखेतीले परराष्ट्र मन्त्रालयमा हाजिर हुँदा कुनै तलब र सुविधा नलिएको उल्लेख गरेका छन्।

२७ चैत, काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारले फिर्ता बोलाएपछि परराष्ट्र मन्त्रालयमा हाजिर गर्दै आएका जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेतीले पदबाट राजीनामा दिएका छन् ।

उनले गत बुधबार दिएको राजीनामा बिहिबार परराष्ट्रमन्त्री शिशिर खनालले स्वीकृत गरेका हुन् । सुशीला कार्की नेतृत्वको सरकारले ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध अधिवक्ताहरू प्रतिभा उप्रेती, अनन्तराज लुइँटेलले  सर्वोच्चमा रिट हालेका थिए ।

उक्त रिटमा अदालतले निर्णय कार्यान्वयन नगर्नु भन्ने आदेश दिएपछि मन्त्रालयले पदबाट हट्न नचाहेका राजदूतहरूलाई परराष्ट्र मन्त्रालयमा छुट्टै कार्यकक्ष खडा गरे हाजिर गराउँदै आएको थियो ।

रुपाखेती पनि राजीनामा नदिइ हाजिर गर्दै आएका थिए । ‘एक कानुन पालन गर्ने नागरिकको रूपमा मैले सर्वोच्च अदालतको मान राखी उक्त आदेशको पालना गर्नु आफ्नो कर्तव्य ठानें र तत्कालीन सरकारले पठाएको दोस्रो पत्र बमोजिम नेपाल फर्केर परराष्ट्र मन्त्रालय मै हाजिर भएँ’ उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

उनले परराष्ट्रमा हाजिर गर्दादेखिको अवधिको कुनै पनि तलब र सुविधान निलएको राजीनामापत्रमा उल्लेख गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?