News Summary
Generated by OK AI. Editorially reviewed.- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्मा समर्थन जनाउँदा टेबुल नठोकेर ताली बजाउने नयाँ अभ्यासको सुरुवात गर्न आग्रह गर्नुभएको छ।
- साम्पाङले टेबुल कुर्सी ठोकेर समर्थन गर्ने शैली राम्रो नदेखिएको उल्लेख गर्नुभएको छ।
- प्रतिनिधि सभा बैठकमा उपसभामुखमा रूबी ठाकुरलाई मतदान गर्दा केही सांसदले ताली बजाएर साम्पाङको प्रस्तावलाई समर्थन गरेका छन्।
२७ चैत, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्मा समर्थन जनाउँदा टेबुल नठोकेर ताली बजाउने नयाँ अभ्यासको सुरुवात गर्न आग्रह गरेका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा उपसभामुखमा रूबी ठाकुरलाई मतदान गर्न आह्वान गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘अलिक अनौठो खालको बोलिन्छ । एकचोटी म फेरि अर्को अनुरोध के गर्न चाहन्छु भने आउँदो दिनमा हामीले ताली ठोक्दा कस्तो हुन्छ होला ?,’ साम्पाङको अनुरोध थियो ।
साथै, उनले टेबुल कुर्सी ठोकेर समर्थन गर्ने शैली त्यति राम्रो नदेखिएको जिकिर गरे ।
‘खाली हामीले टेबुल कुर्सी ठोकेर, टुबुल कुर्सीमाथि चढेर यो पनि अलिकति राम्रो देखिएको छैन । हाम्रो दुई हात छ, मन लाग्दा ताली ठोक्यो भने कति राम्रो होला,’ साम्पाङले भनेका छन् ।
त्यसपछि केही सांसदले ताली बजाएरै उनको प्रस्तावलाई समर्थन गरेका छन् ।
प्रतिक्रिया 4