News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिमा २२ सदस्यमध्ये १७ महिला सांसद र ५ पुरुष सांसद छन्।
- यो समितिले महिला, बालबालिका, ज्येष्ठ नागरिक मन्त्रालयका कामकारबाही र विभिन्न राष्ट्रिय आयोगका गतिविधि अध्ययन गर्छ।
- सामाजिक सुरक्षा, समावेशीता र सीमान्तकृत वर्ग समुदायको हकहितसम्बन्धी विषयहरू समितिको क्षेत्राधिकारमा पर्छन्।
२९ चैत, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा महिला सांसदहरूकै वर्चस्व छ ।
महिला तथा सामाजिक मामिलाको विषयमा छलफल गर्ने क्षेत्राधिकार रहेको समितिमा दलहरूले महिला सांसदहरूलाई नै बढी पठाएका हुन् ।
संसदीय विषयगत समिति गत शुक्रबार गठन भएको थियो । जसअनुसार महिला तथा सामाजिक मामिला समिति २२ सदस्यीय छ ।
२२ जना सदस्यमध्ये ५ जना पुरुष सांसद् कुल भक्त शाक्य, खेम राज कोईराला, ठाकुर सिंह थारु, दीपककुमार साह (महोत्तरी) र नरेन्द्रकुमार गुप्ता सदस्य छन् ।
बाँकी महिला सांसदहरू सदस्य छन् ।
आकृति अवस्थी, एशुदा कुमारी बराल, टीका संग्रौला, टुकाभद्रा हमाल, तारा विश्वकर्मा, पबित्रा बिक, पार्वती विक, प्रमिला कुलुजू, रजनी श्रेष्ठ, रत्ना कुमारी थापा, रीना उप्रेती, रीमा विश्वकर्मा, ललिता कुमारी, शाहजान खातुन, शोभा खनाल, सुनिताकुमारी चौधरी र ज्ञानु पौड्याल महिला तथा सामाजिक मामिला समिति सदस्य हुन् ।
यो समितिको कार्यक्षेत्र अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका कामकारबाही पर्छन । राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारू आयोग, मुस्लिम आयोगका गतिविधि र यसका प्रतिवेदनहरूमाथि अध्ययन यही समितिले गर्छ ।
यसका साथै सामाजिक सुरक्षा, समावेशीता तथा सीमान्तकृत वर्ग समुदायको हक हित सम्बन्धी विषय र सम्बद्ध विषय तथा निकाय यो समितिको क्षेत्राधिकार भित्रका विषय हुन् ।
प्रतिक्रिया 4