News Summary
Generated by OK AI. Editorially reviewed.- जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा ग्यास लिक भएर आगलागी हुँदा तीन जना घाइते भएका छन्।
- घाइतेहरू माया जैसी, गणेश गौतम र रूपा जैसी हुन् भने उनीहरूलाई नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरी नेपालगञ्ज लगिएको छ।
- जिल्ला प्रशासन कार्यालय, जाजरकोटका प्रशासकीय अधिकृत दीपेन्द्रबहादुर शाहीले उक्त जानकारी दिएका छन्।
२९ चैत, जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा ग्यास लिक भएर आगलागी हुँदा तीन जना घाइते भएका छन् ।
स्थानीय ठालुप्रसाद जैसीको घरमा भएको उक्त आगलागीबाट माया जैसी, गणेश गौतम र रूपा जैसी घाइते भएको जिल्ला प्रशासन कार्यालय, जाजरकोटका प्रशासकीय अधिकृत दीपेन्द्रबहादुर शाहीले जानकारी दिए ।
शाहीका अनुसार घाइतेहरूलाई नेपाली सेनाको पश्चिम हवाई बेस सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरी नेपालगञ्ज लगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4