+
+
Shares

प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति : सबैभन्दा बढी सुन उद्योगमन्त्रीसँग, अरू कसको कति ?

सार्वजनिक भएको विवरण अनुसार, सबैभन्दा धेरै सुन उद्योगमन्त्री गौरी कुमारीको सबैभन्दा बढी देखिन्छ । उनले आफ्नो सम्पत्ति विवरणमा सुनमात्रै १८० तोला रहेको उल्लेख गरेकी छिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २९ गते २२:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन्द्र शाहसहित सबै मन्त्रीहरूको सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २९ चैतमा सार्वजनिक गरेको छ।
  • सम्पत्ति विवरण अनुसार उद्योगमन्त्री गौरी कुमारीसँग सबैभन्दा बढी १८ तोला सुन रहेको छ।
  • सम्पत्ति विवरणमा गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला, श्रम मन्त्री रामजी यादवसँग ८० तोला सुन रहेको उल्लेख छ।

२९ चैत, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

नयाँ बनेको सरकारका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक नगरेको भनेर प्रश्न उठिरहेका बेला आइतबार प्रधानमन्त्रीसहितका मन्त्रीहरूले सम्पत्ति सार्वजनिक गरेका हुन् ।

सम्पत्ति सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा विभिन्न प्रकारका टिप्पणीहरू सुरु भएका छन् ।

धेरैजसोले प्रधानमन्त्रीसहितका मन्त्रीहरूको गरगहना (सुन, चाँदी, हार) लगायतका विषयमा प्रश्न गरिरहेका छन् । सार्वजनिक भएको विवरण अनुसार, सबैभन्दा धेरै सुन उद्योगमन्त्री गौरी कुमारीको सबैभन्दा बढी देखिन्छ ।

उनले आफ्नो सम्पत्ति विवरणमा सुनमात्रै १८० तोला रहेको उल्लेख गरेकी छिन् ।

उता प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले गरगहना १९० तोला रहेको उल्लेख गरेका छन् । यद्यपि उनले सुन, चाँदी, हिरा भनेर केही पनि उल्लेख गरेका छैनन् ।

त्यस्तै, गृहमन्त्री सुधन गुरुङ– ८९ तोला, श्रम मन्त्री रामजी यादवको ८० तोला सुन रहेको सम्पत्ति विवरणमा खुलाएका छन् ।

अर्थमन्त्री स्वर्णिम वाग्लेको ४५ तोला, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालको ३० तोला, स्वास्थ्यमन्त्री निशा मेहेताको ३० तोला, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको २५ तोला रहेको जनाएका छन् ।

त्यसैगरी शिक्षामन्त्री सस्मित पोखरेलको २५ तोला, परराष्ट्रमन्त्री शिशिर खनालको २२ तोला, महिला बालबालिकामन्त्री सीता वादीको १८ तोला सुन रहेको विवरणमा छ ।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको १५ तोला, कानुनमन्त्री सोविता गौतमको १५ तोला, पर्यटनमन्त्री खडकराज पौडेलको ११ तोला, सञ्चारमन्त्री विक्रम तिमिल्सिनाको करिब ७ तोला र कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीको ५ तोला सुन रहेको विवरणमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?