+
+
Shares

डोल्पामा सडक खन्ने क्रममा घरमाथि खस्यो डोजर, दुई घरमा क्षति

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३० गते १३:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डोल्पाको ठूलीभेरी नगरपालिका-६ काँडातालीमा सोमबार बिहान सडक विस्तारको काम गरिरहेको डोजर अनियन्त्रित भई दुर्घटनामा परेको छ।
  • डोजर पल्टिँदा काँडातालीका ४५ वर्षीय सिद्दी बुढा र ४२ वर्षीय सुद्दसिंह बूढाको घरको माथिल्लो तला पूर्ण रूपमा भत्किएको छ।
  • डोजर दुर्घटनामा कुनै मानविय क्षति नभएको र चालक हरि पुन सकुशल रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले बताएको छ।

३० चैत, डोल्पा। हिमाली जिल्ला डोल्पामा डोजर दुर्घटनामा परेको छ ।

जिल्लाको ठूलीभेरी नगरपालिका-६ काँडातालीमा सोमबार बिहान सडक विस्तारको काम गरिरहेको क्रिस एन्ड क्रस्टिना निर्माण सेवा मुड्केचुलाको डोजर अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।

डोजर पल्टिँदा काँडातालीका ४५ वर्षीय सिद्दी बुढा र ४२ वर्षीय सुद्दसिंह बूढाको घरको माथिल्लो तला पूर्ण रूपमा भत्किएको छ भने तल्लो तलामा समेत चर्किएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक रुकबहादुर खड्काले जानकारी दिए ।

उनले डोजर दुर्घटनामा कुनै पनि मानविय क्षति नभएको र चालक हरि पुन सकुशल रहेको समेत बताए ।

डोजर दुर्घटनामा पर्दा इन्जिनदेखि अगाडि भाग ढोका सहित मेसिन क्षति ग्रस्त भएको क्रिस एन्ड क्रिस्टिना निर्माण सेवाका प्रोप्राइटर दिलीप सिंह ठकुरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?