+
+
Shares

संसदीय सुनुवाइ समितिमा राष्ट्रिय सभाबाट तीन सदस्य मनोनयन

राष्ट्रिय सभाबाट ३ सदस्य मनोनयन हुनेमा नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगाना, नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्ट र नेकपा एमालेका प्रेमप्रसाद दंगाल रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३० गते १५:५८

३० चैत, काठमाडौं । संसदीय सुनुवाइ समितिमा राष्ट्रिय सभाबाट ३ सदस्य मनोनयन भएका छन् ।

१५ सदस्यीय सुनुवाइ समितिमा प्रतिनिधिसभाबाट १२ र राष्ट्रिय सभाबाट ३ सदस्य रहने व्यवस्था छ । यसअनुसार गत शुक्रबार नै प्रतिनिधिसभाले यो समितिमा १२ जना सदस्य मनोनयन गरिसकेको छ ।

बाँकी ३ सदस्य राष्ट्रिय सभाबाट मनोनयन भएका हुन् । जसमा नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगाना, नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्ट र नेकपा एमालेका प्रेमप्रसाद दंगाल रहेका छन् ।

प्रतिनिधिसभाबाट सुनुवाइ समितिमा रहेका १२ जना मध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कवीन्द्र बुर्लाकोटी, गजला समिम मिकरानी, चन्दन कुमार सिंह, बोध नारायण श्रेष्ठ, मधु चौलागाईं, रञ्जु दर्शना, राजीव खत्री र डा. लेखजंग कार्की रहेका छन् ।

कांग्रेसबाट अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे, नेकपा एमालेबाट पद्माकुमारी अर्याल र नेपाली कम्युनिस्ट पार्टीबाट वर्षमान पुन सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?