News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय सभाका सांसदहरूले सरकारले विना प्रमाण पक्राउ गर्ने, भ्रष्टाचारको मुद्दा लगाउने गैरकानुनी काम नगर्न सचेत गराएका छन्।
- नेकपा एमालेका सांसद सोनाम ग्याल्जेन शेर्पाले लोकप्रियतावादमा हौसिएर सरकार जथाभावी काम गर्न नहुने बताए।
- कांग्रेस सांसद ललितजंग शाहीले राष्ट्रिय गौरवका आयोजनाहरू अघि बढाउन संसदीय समितिहरूले अनुगमन गरी सरकारलाई सुझाव दिनुपर्ने बताए।
२६ चैत, काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले सरकारलाई गैरकानुनी गतिविधि नगर्न सचेत गराएका छन् ।
राष्ट्रिय सभाका नेपाली कांग्रेसका सांसद ललितजंग शाही, नेकपा एमालेका सांसद सोनाम ग्याल्जेन शेर्पालगायतका सांसदहरूले सरकारले विना प्रमाण पक्राउ गर्ने, भ्रष्टाचारको मुद्दा लगाउने लगायतका गैरकानुनी काम गरेको भन्दै सरकारको आलोजना गरेका हुन् ।
बिहीबार बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै नेकपा एमालेका सांसद शेर्पाले विना प्रमाण थुनछेक गर्नेलगायतका गैरकानुनी काम नगर्न सरकारलाई दबाब दिए ।
लोकप्रियतावादमा हौसियर सरकारले जथाभावी काम गर्न नहुने उनको भनाइ थियो ।
सांसद शेर्पाले भने, ‘अहिले जुन पपुलिटीको आधारमा सरकार गएको छ । मान्छेलाई थुन्ने, भ्रष्टाचारको मुद्दा लगाउने जुन काम भइरहेको छ । प्रमाण छ कि छैन ? थाहा छैन । जनता जसरी खुशी हुन्छ । सरकारले त्यसरी काम गर्ने रहेछ । अहिले त फेसबुकको जमाना छ । फलानालाई थुन्यो भनेपछि जनता खुशी हुने देखियो । फलानाको घर भत्काइदियोभने पनि खुशी हुने देखियो । फलानो ठाउँमा डोजर लगायो भनेपनि जनता खुशी । त्यो गैरकानुनी छ कि कानूनी छ कि ? जनताले नखोज्ने रहेछन् ।’
कांग्रेस सांसद शाहीले अलपत्र अवस्थामा रहेका राष्ट्रिय गौरवका आयोजनाहरूलाई अघि बढाउन सरकारको ध्यानाकर्षण गराए । उनले राष्ट्रिय गौरवका आयोजनाहरू अघि बढाउनका लागि नीतिगत रूपमा नै समस्या भएको सो समस्या समाधान हुनेगरी ती आयोजनाहरूको अनुगमन गरी सरकारलाई सुझाव दिने काम संसदीय समितिहरूले तत्काल गर्नुपर्ने बताए ।
सांसदहरुले विकास निर्माणको कामलाई प्रभावकारी रूपमा अघि बढाउनका लागि सरकारलाई सुझाव दिनेगरी संसदीय समितिको काम कारबाहीलाई अघि बढाउनुपर्नेमा पनि जोड दिएका थिए ।
प्रतिक्रिया 4