+
+
Shares

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २३ गते

राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचन चैत २३ गतेका लागि तय गरिएको छ । बिहीबारको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले उपाध्यक्षको निर्वाचनका लागि मिति तोकेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते १६:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचन चैत २३ गते तय गरिएको छ।
  • राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संघीय संसद्का महासचिवलाई निर्वाचन सूचना प्रकाशन गर्न निर्देशन दिएका छन्।
  • राष्ट्रिय सभाका रिक्त विषयगत समितिका सभापतिहरूको निर्वाचन चैत २४ गते हुनेछ र अर्को बैठक चैत २२ गते बस्नेछ।

१९ चैत, काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचन चैत २३ गतेका लागि तय गरिएको छ । बिहीबारको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले उपाध्यक्षको निर्वाचनका लागि मिति तोकेका हुन् ।

उनले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८ बमोजिम उपाध्यक्ष पदको निर्वाचन तय गरेको बताए । उनले संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गर्न निर्देशन पनि दिए ।

त्यस्तै राष्ट्रिय सभाका विषयगत समितिका रिक्त सभापतिहरूको निर्वाचनका लागि चैत २४ गते हुनेछ । रिक्त सभापतिहरूको निर्वाचनका लागि दाहालले राष्ट्रिय सभाका सचिव तुलबहादुर पाण्डेलाई निर्वाचन कार्यक्रमको सूचना प्रकाशित गर्न निर्देशन दिए ।

त्यस्तै राष्ट्रिय सभाको अर्को बैठक चैत २२ गते आइतबार बस्नेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?