+
+
Shares

मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु   

झापाको कन्काई नगरपालिका–४ कोटीहोममा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ ।    

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १ गते १२:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापाको कन्काई नगरपालिका–४ कोटीहोममा मलामी बोकेको ट्याक्टरबाट खसेर २५ वर्षीय विनोद दनुवारको मृत्यु भएको छ।
  • दनुवारलाई उपचारका लागि कनकाई नगर अस्पताल र बीएण्डसी अस्पताल लगिएको थियो, जहाँ उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
  • ट्याक्टर चालक ३० वर्षीय राजु नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

१ वैशाख, झापा । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोटीहोम क्षेत्रमा दुर्गापुरबाट माइखोलातर्फ १५ जना मलामी लिएर जाँदै गरेको को २ त ७४९७ नम्बरको ट्याक्टरबाट खसेर सोही ट्याक्टरका सहचाकल कन्काई नगरपालिका–१ निवासी २५ वर्षीय विनोद दनुवार गम्भीर घाइते भएका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख सन्तोष राईका अनुसार सोमबार दिउँसो २ बजे दनुवार ट्याक्टरबाट खसेका थिए ।

उनलाई उपचारका लागि कनकाई नगर अस्पताल, सुरुङ्गामा लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि बीएण्डसी अस्पताल, बिर्तामोड पठाइएकोमा उपचारको क्रममा गए राती मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक कन्काई नगरपालिका–१ निवासी ३० वर्षीय राजु नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?