News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'पहाड'ले नेपाली नयाँवर्ष २०८३ को अवसरमा देशब्यापी प्रदर्शन पाएको छ र दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्।
- निर्देशक तुलसी घिमिरेले दर्शकको प्रतिक्रियाले आफू र टिम उत्साहित भएको बताउनुभयो।
- फिल्मले बेरोजगारी, मानिसविहीन पहाड र जलवायु संकटको कथा उठाएको छ र कलाकारहरूले काठमाडौँ उपत्यकाका हलमा दर्शकसँग साक्षात्कार गरिरहेका छन्।
काठमाडौँ । नेपाली नयाँवर्ष २०८३ को अवसरमा मंगलबारदेखि देशब्यापी प्रदर्शनमा आएको फिल्म ‘पहाड’ लाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
निर्माण टिमले काठमाडौँ उपत्यका अन्तर्गतका हलमा भिजिट गरिरहेको छ । भिजिटका क्रममा दर्शकले दिएको प्रतिक्रियाले आफूसहित सम्पूर्ण टिम उत्साहित रहेको निर्देशक तुलसी घिमिरेले बताए ।
‘दर्शकले हामीलाई दिएको प्रतिक्रियाले निकै उत्साहित भएका छौ । दर्शकले आफ्नै कथा भन्नुभएको छ । मैले जे बुझाउन खोजेको थिए, दशकसम्म त्यो पुगेको छ’, निर्देशक घिमिरेले भने ।
बेरोजगारी, मानिसविहिन पहाड र जलवायु संकटको कथामा आधारित फिल्मले दर्शकको मन जितेको प्रतिक्रिया पाएको अभिनेता विपिन कार्कीले बताए ।

‘यो फिल्मलाई दर्शकले दिनुभएको प्रतिक्रियाले अझैँ भीडभाड बढ्छ भन्नेमा विश्वस्त छु । यो फिल्मले नेपाली माटोको कथा बोलेको छ, हाम्रो आफ्नो मौलिक कथा हो । सबैलाई यसले बाँध्छ’, अभिनेता कार्कीले भने ।
फिल्मले मुलुकको समसामयिक विषयमा उठान गरेको अभिनेता अरुण क्षेत्रीले बताए । उनले भने, ‘पहाड सन्दर ठाउँ हो, हामीले सुन्दरता र सद्भावसँगै रित्तो हुँदै गईरहेको पहाडको कथालाई चित्रण गरेका छौँ ।’
कलाकारले काठमाडौँ उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् । यो फिल्ममा मदनकृष्ण श्रेष्ठ, रवीन्द्रसिंह बानियाँ, सुनिल थापा, रेणुनाथ योगी, उमा गिरी, अरुण क्षेत्रीसँगै डेब्यू गर्ल पञ्चमी घिमिरेको अभिनय छ । युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको छ ।
सार्वजनिक तस्वीरमा हल भिजिटमा पुगेका कलाकारले दर्शकसँग भलाकुसारी गरिरहेको देख्न सकिन्छ । ‘आप्पा’पछि निर्देशक घिमिरेको यो कमब्याक फिल्म भएकाले पनि पछिल्लो पुस्ताका दर्शकसँग नजिक हुने अवसरको रुपमा पनि घिमिरेले यो हल भिजिटलाई लिएका छन् ।


प्रतिक्रिया 4