+
+
Shares

‘लालीबजार’ आमा र छोरीको कथा : निर्देशक तथा लेखक थापा

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २ गते १६:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • षट्कोण आर्ट्सले निर्माण गरेको फिल्म 'लालीबजार' आगामी वैशाख १८ देखि प्रदर्शन हुँदैछ।
  • फिल्मको निर्देशन यम थापाले गरेका हुन् र यो आमा र छोरीको कथामा आधारित छ।
  • फिल्म बर्दियाको राजापुरमा छायांकन गरिएको हो र स्वस्तिमा खड्का लगायत कलाकारको अभिनय छ।

काठमाडौँ । षट्कोण आर्ट्सले निर्माण गरेको फिल्म ‘लालीबजार’ आगामी वैशाख १८ देखि प्रदर्शन हुँदैछ । यो फिल्मको निर्देशन यम थापाले गरेका हुन् ।

पटकथा पनि उनकै हो । यसअघि उनले ‘रज्जा रानी’, ‘हुर्रे’, ‘मेरी मामु’ जस्ता विषयप्रधान फिल्मको निर्देशन गरिसकेका छन् भने ‘कोहिनूर’, ‘अञ्जिला’, ‘परान’ लगायतका फिल्मको कथामा काम गरिसकेका छन् । कथाकै छलफलका क्रम निर्देशक थापासँग षट्कोण आर्ट्सको सहकार्य भएको थियो ।

‘षट्कोण आर्ट्सले तराईको विषयमा एउटा फिल्म बनाउने तयारी गरेको थियो, सोहिक्रममा छलफल गर्न हाम्रो भेट भएको थियो । छलफलकै क्रममा राम्रो कथा पाएमा लगानी गर्ने कुरा उहाँहरूले बताउनुभयो’ थापाले भने, ‘मसँग रहेको आमाको विषय मैले दिए, केही दिनमा यसमा काम गर्न सकिन्छ भन्नेमा हामी विश्वस्त भयौँ । त्यसरी लालीबजारको सुरुआत भएको हो ।’

कथा सुनाएपनि निर्देशन गर्ने सोच उनमा थिएन । षट्कोण आर्ट्सका फिल्मलाई प्रदीप भट्टराईले नै निर्देशन गरिरहेका थिएँ । आफ्नो कथालाई राम्रो निर्देशकलाई सुम्पेकोमा निर्देशक थापा खुसी नै थिएँ । तर, उनै भट्टराईले थापालाई निर्देशन गर्न प्रस्ताव गरे ।

‘मैले कथा दिएँ, त्यसको पटकथामा पनि छलफल भयो । मलाई पनि निर्देशक भट्टराईले नै निर्देशन गर्नुहुन्छ भन्ने लागेको थियो, तर षट्कोण आर्ट्सले नै मलाई निर्देशनको प्रस्ताव गर्नुभयो । उहाँहरू कसैले निर्देशन गर्ने चर्चा नै गर्नुभएन, फिल्मलाई राम्रो बनाउन सबैले मेहनत गर्नुभयो’, निर्देशक थापाले भने ।

पटकथा लगभग फाइनल भएपछि छायांकनस्थल भिजिटका क्रममा भट्टराईले नै फिल्मको नाम ‘लालीबजार’ राख्न प्रस्ताव गरे, जसमा सबै सहमत भए । निर्देशक थापाले फिल्मको विषयवस्तुलाई नखुलाएता पनि आमाछोरीको कथामा फिल्म तयार भएको बताए ।

‘मैले धेरै अगाडिदेखि देख्दै र बुझ्दै आएको एउटा कथालाई फिल्मको स्वरूप दिएको छु । यो आमा र छोरीको कथा हो, जो समुदायको छन् । फिल्मले हाम्रो समाजको एउटा पाटोलाई चित्रण गरेको छ । यो फिल्मले हामीलाई सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’, निर्देशक थापाले भने ।

फिल्मको सार्वजनिक पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ र दोस्रो गीत ‘मीठो संसार’ दर्शकले रुचाएका छन् । दुवै गीत युट्युबसँगै टिकटक, रील्स र शटसमा लोकप्रिय भइसकेका छन् ।

फिल्म ‘लालीबजार’ को प्रदर्शन मिति वैशाख १८ गतेलाई तय गरिएको छ । बर्दियाको राजापुरमा छायांकन गरिएको उक्त फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी लगायतको अभिनय छ ।

यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन् । विशाल थियटरमा अभिनेता र निर्देशकको रुपमा काम गरीरहेका कलाकार हुन् भने प्रसंशा जेनजी अभियन्ताको रुपमा चर्चित छिन् । फिल्ममा कार्यकारी निर्माता प्रदीप छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?