News Summary
Generated by OK AI. Editorially reviewed.- ठमेलस्थित एलओडी क्लब सन् २०२६ का लागि विश्वका उत्कृष्ट डिजे क्लबहरूको ४० औं स्थानमा परेको छ।
- एलओडी क्लबले सन् २०२५ को ४४ औं स्थानबाट ४ स्थान उक्लिंदै ४० औं स्थानमा पुगेको हो।
- एलओडी क्लबका निर्देशक भुपेन कुँवरले यस उपलब्धिलाई नेपाललाई विश्व संगीत र मनोरञ्जन उद्योगमा चिनाउने अवसर भनेका छन्।
२ वैशाख, काठमाडौं । ठमेलस्थित एलओडी क्लब सन् २०२६ का लागि विश्वका उत्कृष्ट डिजे क्लबहरूको ४० औं स्थानमा परेको छ ।
बेलायतस्थित प्रतिष्ठित म्यागजिन ‘डिजे म्याग’ द्वारा सार्वजनिक ‘उत्कृष्ट सय क्लबहरू’ सूचीमा एलओडी ४० औं स्थानमा परेको हो ।
सन् २०२५ मा ४४ औं स्थानमा रहेको एलओडी यसवर्ष ४ स्थान उक्लिंदै ४० औं स्थानमा परेको हो ।
प्रतिवर्ष अन्तर्राष्ट्रियस्तरका क्लबहरूबीच प्रतिस्पर्धा गराई ‘डिजे म्याग’ ले उत्कृष्ट क्लबहरूको सूची प्रकाशित गर्दै आएको छ ।
यस वर्षको प्रतिस्पर्धामा विश्वभरबाट पाँच सयभन्दा बढी क्लब सहभागी थिए ।
एलओडी क्लबका निर्देशक भुपेन कुँवरले यो उपलब्धिलाई मुलुकको लागि गौरवको विषयको रूपमा लिनुपर्ने बताए ।
‘एलओडीको यो पहिचान केवल क्लबको सफलतामा मात्र सीमित छैन, यसले नेपाललाई विश्व संगीत र मनोरञ्जन उद्योगमा चिनाउने अवसर पनि दिएको छ,’ उनले भने, ‘टप सय क्लबको सूचीमा ४० औं स्थानमा पुग्नु रात्रीकालीन जीवनशैली तथा पर्यटन प्रवर्द्धनका लागि उल्लेखनीय उपलब्धि हो। यसले अन्तर्राष्ट्रिय पर्यटक र क्लबप्रेमीहरूलाई नेपालतर्फ आकर्षित गर्नेछ ।’
कुँवरले क्लबको निरन्तर विकास र स्तरवृद्धिका लागि टीमवर्क, रचनात्मकता र सेवा गुणस्तर प्रमुख कारण भएको उल्लेख गरे ।
‘यो सफलताले एलओडीलाई थप जिम्मेवार बनाएको छ । आगामी दिनमा हामी क्लबलाई अझ अन्तर्राष्ट्रिय मापदण्डअनुसार विस्तार गर्ने लक्ष्यमा छौं,’ उनले भने ।
क्लबिङ् लाइफलाई व्यवस्थित र सभ्य बनाउन हामीलाई थप जिम्मेवारी प्रदान गरेको कुँवरको भनाइ छ ।
एलओडी क्लब विश्वका उत्कृष्ट क्लबहरूमध्ये सन् २०२५ मा ४४औं स्थानमा रहेको थियो । यसअघि सन् २०२२ मा ५२ औं, २०२३ मा ४९ औं र २०२४ मा ५० औं स्थानमा परिसकेको छ ।
प्रतिक्रिया 4