२७ मंसिर, काठमाडौं । एलओडी क्लबमा आज ‘एनपीएल नाइट’ हुने भएको छ । ठमेलस्थित एलओडी क्लबमा ‘नेपाल प्रिमियर लिग’ को विजेता खेलाडीसहित अन्य आठ वटै टीमको सहभागिता रहने भएको छ ।
एनपीएल नाइटमा विजेता टीमहरूको सहभागिता रहने क्लबका सीइओ रविन श्रेष्ठले जानकारी दिए । उनका अनुसार ’ एनपीएल’ समापन भएको अवसरमा सेलिब्रेसन नाइट हुने भएको छ । एनपीएलमा सहभागी सबै खेलाडी तथा टीमहरूको सहभागिता रहनेछ ।
हाम्रो मुलुकको लागि एनपीएल हुनु भनेको गौरवको विषय हो । विभिन्न देशका खेलाडीहरू एनपीएलमा आएकाले मुलुकको पर्यटन प्रचारप्रसारमा ठूलो सहयोग भएको छ,’ उनले भने ।
एनपीएलको दोस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बनेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुरू भएको एनपीएलको दोस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बनेको हो ।
यसअघि क्लबका सीइओ रविन श्रेष्ठ र क्रिकेट एशोशिएसनका सचिव पारस खड्काले सम्झौता गरेका थिए । आगामी वर्षमा पनि क्लब इन्टरटेन्मेन्ट पार्टनर बन्न सक्ने उनले बताए ।
एनपीएलको खेल अवधिभर मनोरञ्जन पार्टनर बनेको क्लबका डिजेहरूले ‘म्युजिक’ प्ले गर्ने गरेका थिए । खेलमा सहभागी खेलाडी र खेल हेर्न आएका दर्शकलाई मनोरञ्जन गराउन क्लबले जिम्मेवारी पाएको श्रेष्ठले बताए ।
मङ्सिर १ गतेबाट सुरू भएको खेल आजदेखि समापन हुँदैछ । फाइनलमा सुदर पश्चिम रोयल्स र लुम्बिनी लायन्स पुगेका छन् ।
प्रतिक्रिया 4